दीपिकाको मन्त्री बन्ने चाहना

शुक्रबार, १७ फागुन २०७५, ०७ : ०६ शुक्रवार
दीपिकाको मन्त्री बन्ने चाहना

दुई महिनाअघि मात्र गृहस्थाश्रम सुरु गरेकी दीपिका पादुकोण अब मन्त्री बन्ने सुरमा भएको बताएपछि बलिउड र भारतीय राजनीति तरंगित भएको छ । बि–टाउनमा हालै आयोजित लोकमत अवार्डस् समारोहमा उनले राजनीति गर्ने चाहना व्यक्त गरिन् ।

नेता हुने इच्छा मात्र नभएर उनले आफू स्वच्छ भारत मन्त्री नै बन्ने चाहना रहेकोसमेत बताउन भ्याइन् । रणवीर सिंहसँग लगनगाँठो कसेकी उनले आफू सरसफाइप्रति अत्यन्त सचेत भएकाले अवसर पाए आफू नेता मात्र नभएर मन्त्री नै बन्ने धोको व्यक्त गरिन् ।

बलिउड मात्र नभएर हलिउड सुपरस्टार भिन डिजेलसँग समेत काम गरिसकेकी उनी बिहेको रमाइलो र भोजको मोजमस्तीपछि एसिड आक्रमणबाट जोगिएकी लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म ‘छपाक’ को छायांकनमा व्यस्त हुने छिन् । तर उनले तत्काल बि–टाउनको चकाचौंध र भव्य कमाइ छाडेर तत्काल राजनीतिमा हाम्फालिनहाल्ने पनि प्रस्ट पारेर सबैलाई मूर्ख बनाइदिइन् ।
 

Leave A Comment