ट्रोलमा राधिका

शुक्रबार, १७ फागुन २०७५, ०७ : ०९ शुक्रवार
ट्रोलमा राधिका

बोल्ड लुक र निर्वाह गरेका बोल्ड चरित्रबाट नियमितजस्तै चर्चामा रहने गरेकी बलिउड षोडशी राधिका आप्टे यतिबेला भने बोल्ड लुककै कारण तनावमा छिन् । फिल्म ‘पाच्र्ड’ को बोल्ड चरित्र र धेरै इन्टिमेट सिनहरूका कारण उनी निकै चर्चित भइन् ।

त्यसपछि गत वर्ष सुपरस्टार अक्षय कुमारसँग सोसल थिमको सुपरहिट फिल्म ‘प्याडम्यान’ यता उनको कुनै फिल्म रिलिज नभए पनि उनी निरन्तर सामाजिक सञ्जाल र मिडियामा छाएकी छन् । यतिबेला भने उनी आफूले खनेको खाल्डोमा आफैं परेकी छन् ।

ग्ल्यामरस र बोल्ड तस्बिर अपलोड गर्ने बानी नछाडेकी उनले हालै इन्स्टाग्राममा सेयर गरेको त्यस्तै फोटोले भने प्रशंसकको वाहवाही नपाएर उल्टै उनीहरूको बग्रेल्ती आलोचना र ट्रोलको सिकार हुनु परेपछि उनी तनावमा परेकी हुन् । तनावकै वावजुद पनि इरफान खानको ‘हिन्दी मिडियम’ फिल्मको सिक्वेलमा उनी पनि अटाउने सम्भावनाले भने उनलाई केही राहत हुनेछ । 
 

Leave A Comment