अनमोल र हेमराजको ‘ब्रेकअप’ ?

शुक्रबार, १७ फागुन २०७५, ०७ : १२ शुक्रवार
अनमोल र हेमराजको ‘ब्रेकअप’ ?

कुनै बेला निर्देशक हेमराज बिसी अभिनेता अनमोल केसीको प्रशंसा गरेर थाक्दैन थिए । हेमराजले नै निर्देशन गरेको फिल्म ‘होस्टेल’बाट उनी नेपाली फिल्ममा डेब्यू भएका हुन् । त्यसपछि हेमराजकै ‘जेरी’मा पनि उनले अभिनय गरे । उनीहरु ट्युनिङ मिलिरहेकै थियो ।

हेमराजले आफ्नो अर्को ‘ग्याङस्टर ब्लुज’मा पनि अनमोललाई नै साइन गराएका थिए । तर पछि खोइ के कुरा मिलेन, अनमोलले फिल्म छाडे । साइनिङ अमाउन्ट पनि फिर्ता गरिदिए । अनमोलको ठाउँमा आइपुगे– अभिनेता आयुष्मान देशराज श्रेष्ठ । त्यतिबेलै अनमोल र हेमराजको सम्बन्ध बिग्रिएको हल्ला त भएकै हो तर अहिले यसले झन् चर्को रुप लिएको छ ।

अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ र हेमराज निर्देशित ‘ब्रेकअप’ दुवै आउँदो शुक्रबार जुध्ने भएपछि दुवै अहिले मिडियामार्फत् सवालजवाफ गरिरहेका छन् । हालसालै अनमोलले आफ्नो फिल्म हेर्न आएका दर्शक ‘ओभरफ्लो’का कारण अर्को फिल्म हेर्न जाने भएकाले ओभरफ्लो खानका लागि आफ्नो फिल्मसँग अरुले जुधाउने गरेको टिप्पणी गरे । त्यसकै जवाफस्वरुप हेमराजले भने, ‘हाम्रो फिल्मको लगानी कुनै फिल्मको ओभरफ्लो खाएर उठ्दैन ।’

त्यति मात्रै होइन उनलाई हालसालै प्रेसमिटमा पत्रकारले प्रश्न सोधेका थिए, ‘अनमोल र आशीरमानमध्ये कसको अभिनय अब्बल छ ?’ उनको जवाफ थियो, ‘आई विल गो विद आशीरमान ।’ ल आफैँ भन्नुस्, अनमोल र हेमराजको ‘ब्रेकअप’ पुष्टि गर्न अब पनि प्रमाण खोजिरहनुपर्छ र ? 
 

Leave A Comment