मनकारी महानायक

शुक्रबार, १७ फागुन २०७५, ०७ : १६ शुक्रवार
मनकारी महानायक

समाजसेवाका आ–आफ्नै तरिका छन् । कोही अरुलाई मागेर सहयोग गर्छन्, कोही आफूसँग भएको दिएर । यतिबेला अभिनेता राजेश हमाल जताततै खबरहरुमा छाएका छन्, आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये दुई करोड मूल्य बराबरको जग्गा विपन्न परिवारलाई दिएर ।

खबरअनुसार हमालले तीन पुस्तादेखि घरेलु काममा सहयोग पुर्याउँदै आएका चार जनालाई जग्गा प्रदान गरेका हुन् । उनले नवलपरासीमा रहेको आफ्नो पुख्र्याैली जग्गाबाट तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका हुन् । 
पुर्खौंदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरबारविहीन भएको थाहा पाएपछि उनीहरुको बसोबासका लागि जग्गा प्रदान गरेको हमालले बताइरहेका छन् । र, यो खबरसँगै राजेश पुनःएकपल्ट दर्शकको नजरमा ‘महानायक’ साबित भएका छन् । मनकारी राजेशको तारिफमा फ्यानहरु टिप्पणी गरिरहेका छन्, ‘यस्तो पो महानायक !’
 

Leave A Comment