आनाको आशा

शुक्रबार, १७ फागुन २०७५, ०७ : २० शुक्रवार
आनाको आशा

अनमोल केसी स्टारर फिल्म ‘जेरी’बाट हिरोइनका रुपमा उदाएकी हुन्, अभिनेत्री आना शर्मा । पहिलो फिल्मबाट त उनले तारिफ नै पाइन् तर दोश्रो फिल्म नि ? अँहँ, दोस्रो फिल्मले पहिलोजसरी प्रशंसा दिलाएन । ‘ग्याङस्टर ब्लुज’ व्यापारिक हिसाबले पनि सफल भइदिएन ।

त्यसपछि एकाएक निराश बनेकी उनी अहिले तेस्रो फिल्मबाट निकै आशावादी छिन् । उनी लिड रोलमा रहेको ‘द मेन फ्रम काठमाडौं’ चैत १ गतेबाट प्रदर्शनको तयारीमा छ । नेपाली र अंग्रेजी दुवै भाषामा बनेको यो फिल्मलाई क्युएफएक्स हलका मालिक नकिम उद्दिनले बनाएका हुन् ।

आफ्नो ‘हलिउड’ फिल्म भन्दै आना यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । बरु फिल्म युनिटले प्रचारप्रसारमा बाक्लो चासो देखाएको छैन, जति उनी सामाजिक सञ्जालमा देखाइरहेकी छन् । आशा गरौँ, यसपल्ट आना निराश हुने छैनन् !
 

Leave A Comment