चुम्बनमग्न दीपिका

बिहिबार, १३ साउन २०७३, ०१ : ५४ शुक्रवार , Kathmandu
चुम्बनमग्न दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी तथा अभिनेता रणवीर सिंहलाई किस गर्नु नौलो कुरा होइन । फिल्ममा उनीहरूले अनस्क्रिन किस सिन थुप्रै पटक दिइसकेका छन् । पर्दापछाडि उनीहरूको किस सिनको साक्षी भने अहिलेसम्म कोही हुन पाएको छैन । यस्तोमा बलिउडको यो जोडीले चुम्बन गर्दै गरेको दृश्यको साक्षी हुने मौका धेरै मानिसले पाएका छन् । बलिउड अभिनेता इरफान खान अभिनीत फिल्म ‘मदारी’को स्क्रिनिङ कार्यक्रममा सहभागिता जनाउन पुगेका दीपिका र रणवीरले एकअर्कालाई चुम्बन गरेका थिए । उनीहरूले चुम्बन गर्दैगर्दाको दृश्य क्यामेरामा समेत कैद हुन पायो । दीपिकाले रणवीरको कानतल चुम्बन गर्दै गरेको तस्बिरलाई आधार बनाएर विभिन्न भारतीय अनलाइनले समाचार बनाएका छन् ।

 

Leave A Comment