नम्रताको ‘जाइरा’ भदौमा

आइतबार, ०३ चैत २०७५, ०२ : ४३ शुक्रवार
नम्रताको ‘जाइरा’ भदौमा

अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’ २०७६  भदौ ६ मा रिलिज हुने भएको छ । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् भने उनीसँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगायतका कलाकार छन् । 

नम्रताले फिल्मका लागि कपाल छोट्याउनुका साथै आफ्नो तौलसमेत घटाएकी थिइन् । एक्सन विधामा बनेको फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । 
 

Leave A Comment