३१ वर्षमै संन्यास

आइतबार, ०३ चैत २०७५, ०२ : ५४ शुक्रवार
३१ वर्षमै संन्यास

बेल्जियमको राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर मारोउन फेलानीले संन्यासको घोषणा गरे । बेल्जियमको राष्ट्रिय टोलीमा रहेर ८७ खेलमा १८ गोल गरेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । उनी ३१ वर्षका मात्रै भए । 

उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वखेलाडीसमेत हुन् । उनी सन् २००७ मा बेल्जियमको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए । सन् २००६ मा बेल्जियम लिग क्लब स्टेन्डर्ड लिगबाट सिनियर फुटबलमा व्यावसायिक खेलजीवन सुरु गरेका उनी सन् २०१८ मा रुसमा आयोजित विश्वकपमा सहभागी थिए । त्यो बेला उनको टोली तेस्रो भएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट संन्यास लिए पनि आफू कुनै  न कुनै रुपमा फुटबलसँग जोडिइरहने उनले बताए ।  

Leave A Comment