केलीले गरिन् आत्महत्या

आइतबार, ०३ चैत २०७५, ०२ : ५५ शुक्रवार
केलीले गरिन् आत्महत्या

साइक्लिङमा तीन पटकका विश्व च्याम्पियन तथा ओलम्पिकमा सिल्भर मेडलिस्ट अमेरिकी महिला खेलाडी केली क्याटलिनले आत्महत्या गरेकी छिन् । अमेरिकाको राष्ट्रिय टोलीकी सदस्य रहेकी उनी २३ वर्षकी मात्र थिइन् । 

उनको दाइले आफ्नो फेसबुक अकाउन्टमा लेखेको स्ट्याटसमा  उनले आत्महत्या गरेको उल्लेख गरेका छन् । उनले आफू पढ्दै आएको स्ट्याण्डफोर्ड युनिभर्सिटीको अर्पाटमेन्टमा आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

युएसए साइक्लिङ प्रेसिडेन्ट रब डि मार्टिनीले २३ वर्षको कलिलो उमेरमा केलीको निधन भएको पुष्टी गरेका थिए । ‘कलिलै उमेरमा केलीको निधन भएको जानकारी गराउनुपर्दा ज्यादै दुःखी छु’ मार्टिनीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । 


 

Leave A Comment