आशीरमानको ब्याडलक

आइतबार, ०३ चैत २०७५, ०३ : २० शुक्रवार
आशीरमानको ब्याडलक

फिल्म नचले पनि दाजु आयुष्मान हिट छन् । हिटको कारण प्रियंका कार्कीसँगको प्रेमलीला नै हो । आशीरमान देशराज जोशी भने हल्लाले भन्दा पनि कामैले हिट हुन मरिहत्ते गरिरहेका छन्, तर जति गरे पनि लकले धोका दिँदा उनको फ्लप यात्रा टुंगिने छाँट देखिएको छैन ।

पहिलो फिल्म ‘ग्याङस्टार ब्लुज’बाट डेब्यु भएका उनी, पहिलो फिल्म नचल्दा त्यति निराश भएका थिएनन् । दोस्रो फिल्म ‘द ब्रेकअप’ले केही चमत्कार गरिहाल्छ कि भन्ने आशामा थिए ।

आश गर्ने कारण पनि थियो । एक त, युवा वर्गको मन छुने स्टोरी अनि दोस्रोमा हिट फिल्म दिइरहेका निर्देशक हेमराज बिसी । तेस्रो, उनको अभिनय पनि तिखारिएको थियो । फिल्म प्रदर्शन हुनु अघिसम्म उनले यिनै सूत्रले स्टार हुने सपना देखेका थिए र सबैतिर फुक्दै पनि हिँडेका थिए । उनको अभिनयको हल्का तारिफ त भयो तर दर्शकले नै फिल्मसँग भने ब्रेकअप गरिदिएपछि स्टार हुने उनको सपना तुहियो । 

त्यसो त आशीरमानले त्यत्ति धेरै चिन्ता नलिए हुन्छ किनभने होस्टेल, गाजलु र जेरीजस्ता हिट फिल्म दिएका निर्देशक त चुर्लुम्म भए भने दोष कलाकारको भागमा होइन, निर्देशकको भागमा जान्छ ।

एउटा गीत नै छ नि ‘सोचे जस्तो हुन्न जीवन’ ! यस्तै हो, बक्स अफिस पनि त सोचेजस्तो हुन्न ।  
ट्राई अगेन प्लिज !
 

Leave A Comment