प्रियंकाको ‘हनिमुल ट्रायल’

आइतबार, ०३ चैत २०७५, ०३ : ३२ शुक्रवार
प्रियंकाको ‘हनिमुल ट्रायल’

प्रियंका कार्कीको स्वभाव हेर्दा लाग्छ, उनलाई एक पटक गरेको कामले चित्त बुझ्दै बुझ्दैन । उनी पहिला ट्रायल गर्छिन् अनि चित्त बुझे मात्र पक्का हुन्छ । त्यसैले त उनले आयुष्मान देशराजसँग इन्गेजमेन्ट पनि दुई पटक गरिन् । ट्रायल घरमा, त्यसपछि होटलमा ।

यी दुवै विवाहको मुडमा देखिन्छन् तर विवाहको ट्रायल नै गरिसकेका भने छैनन् तर हनिमुनको ट्रायल गर्न अहिले यो जोडी इन्डोनेसियाको बाली पुगेको छ ।

यी दुवै आफ्नो प्रेमको यात्रा दुई वर्ष पुगेको एनिर्भसरी मनाउन बाली पुगेर हट पोजका तस्बिर खिचिरहेका छन् । खिच्नु मात्र होइन, संसारलाई प्रदर्शन पनि गरिरहेका छन् । दुवैको तस्बिर तमाशा हेरेर उनका फ्यानहरूले नै यो टुरलाई प्रिहनिमुन अर्थात हनिमुन अगाडिको ट्रायल भनेर नाम राखिदिइसकेका छन् ।
अब प्रियंका परिन्, दर्शकमुखी ! दर्शकले नै राखिदिएको नाममा सन्तोष नै होला उनलाई !

तस्बिर : प्रियंकाकाे फेसबुक पेजबाट

Leave A Comment