तनावमा सलिनमान

बुधबार, २० चैत २०७५, ०६ : ४५ शुक्रवार
तनावमा सलिनमान

अभिनेता सलिनमान बनियाँ यतिखेर तनावमा छन् । तनाव पर्नुको कारण हो, उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ र अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ को प्रदर्शन मिति एकै हुनु । यस्तो लाग्छ, बनियाँ अनमोलका कारण आफ्नो फिल्म चिप्लिने पो हो कि भन्ने डरमा छन् ।

गत सोमबार फिल्म ‘यात्रा’ को अफिसियल ट्रेलर रिलिज कार्यक्रम मन बलियो बनाएरै भए पनि उनले आफ्नो फिल्म चल्नेमा ढुक्क रहेको दाबी भने गरे । उनी अनमोलसँग आफूलाई नदाँज्न मिडियालाई आग्रहसमेत गरिरहेका थिए ।

आफ्नो प्रतिस्पर्धा अनमोलसँग भन्दा पनि नम्बर वनसँग रहेको बताइरहेका थिए । यसरी मिडियासँग स्पष्टीकरण दिइरहे पनि उनको अनुहार अनमोलसँग फिल्म जुध्दाको तनाव भने प्रस्ट झल्किन्थ्यो । फिल्म रिलिज त्यो तनाव झन् बढ्ने हो कि घट्ने हो, त्यो भने हेर्न बाँकी नै छ । 
 

Leave A Comment