साम्राज्ञीको चलाखी

बुधबार, २० चैत २०७५, ०६ : ५४ शुक्रवार
साम्राज्ञीको चलाखी

फिल्ममा गरिएको काम र अभिनयले चर्चामा नआए पनि व्यक्तिगत जीवनको उतारचढाले चर्चामा ल्याइरहन्छ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई ।

कहिले प्रेमी पक्राउको कारण उनी चर्चामा आउँछिन्, कहिले त्यही प्रेमीसँगको ब्रेकअपको खबरले । ब्रेकअपको खबर बासी हुन पाउँदैन, नयाँ प्रेमीसँगको रोमान्सले पुनः चर्चामा ल्याइहाल्छ उनलाई । पछिल्ला केही हप्ता भने साम्राज्ञी गायब थिइन्, चर्चाबाट । उनका नयाँ फिल्म पनि रिलिज भएका थिएनन् अनि व्यक्तिगत काम पनि त्यस्तो केही देखिएन चर्चा लायक ।

होलीले भने फेरि उनलाई चर्चामा ल्याइदियो । कारण उनले लगाएको पहिरन । होलीमा कम्मरमाथिको ३० प्रतिशत भाग मात्रै छोपिएको हट तस्बिर उनी आफैंले इन्स्टाग्राममार्फत् सार्वजनिक गरिन् । हल्का अबिर दलेको मुहारमा खुलेको पोशाकले उनलाई हट नै बनाएको थियो । हट तस्बिरसँगै उनको आकर्षक मुस्कानले थप मादकता थपिदिएको थियो ।

 फिल्म चले चलोस्, नचले नचलोस् आफू भने चल्नै पर्छ है ! पोशाकले होस् या प्रेम जीवनले ।
 

Leave A Comment