‘डोमिनेट्रिक्स’ अवतारमा पारमिता र करिश्मा

आइतबार, २४ चैत २०७५, ०४ : ०१ शुक्रवार
‘डोमिनेट्रिक्स’ अवतारमा पारमिता र करिश्मा

नायिका करिश्मा श्रेष्ठ ब्ल्याक आउटफिट, हातमा हत्कडी अनि चाबुक बोकेको अवतारमा देखिइन् । इन्टाग्राममा राखिएको यस किसिमको तस्बिरलाई ‘डोमिनेट्रिस’ अवतार भनिन्छ । अर्बन डिक्सनरीका अनुसार, डोमिनेट्रिक्सको अर्थ आफ्नो सेक्स पार्टनरलाई पीडा दिँदै नियन्त्रणमा राख्ने युवती हो ।

यसलाई छोटकरीमा बिडिएसएम पनि भनिन्छ । आफूले प्रभुत्व जमाउने र आफूमाथि प्रभुत्व हुने व्यक्तिहरुबीच पीडात्मक अभ्यासबाट सन्तुष्टि लिने यौन अभ्यासको समग्रतामा बुझाउन बिडिएसएम शब्द प्रयोग गरिन्छ । कुनै व्यक्तिलाई यौन गतिविधिमार्फत् नियन्त्रणात्मक यौन सम्बन्ध राख्ने युवतीहरु यस किसिमको अवतारमा देखिन्छ । 

इन्स्टाग्राममा देखिएको करिश्माको सो तस्बिरसँगै अर्की नायिका पारमिता आरएल राणा पनि देखिएकी छन् । जसमा उनीहरुले ‘फिफ्टी सेड्स अफ ग्रे’ थिममा तस्बिर खिचाएको भनी लेखिएको छ । ‘फिफ्टी सेड्स’ बहुचर्चित यौन उपन्यास हो, जसमाथि फिल्मसमेत बनिसकेको छ ।

यी तस्बिर उनीहरुले एक जना सखीको जन्मदिन मनाउने क्रममा खिचेको बुझिएको छ । तस्बिरमा प्रयोग भएको पोशाक र सामग्री यातनापूर्ण यौन सम्बन्धमा प्रयोग हुने प्रष्टै भइसकेपछि अहिले बजारमा कुतुकमय कुतुहल बढेको छ । पारमिता र करिश्माले सँगै  यही थिममा किन तस्बिर खिचे ? खबरहरु अनुसार यी दुवै नायिकाको प्रेम सम्बन्ध सुखद् थिएन । दुवैले ब्रेकअपको सामना गरिसकेका छन् । प्रेमपीडा भोगेका यी दुवै नायिकाले एक साथ यौनिक सामग्री र यौनिक थिमसहित सार्वजनिक गरेका यी तस्विरले के भन्न खोजेका हुन् कुन्नी ? 
दुवै नायिकाहरु प्रेमपूर्ण सम्बन्धबाट आजित भएर कतै पीडात्मक सम्बन्धको पक्षमा लागेका त हैनन् ?

तस्बिर: करिश्मा श्रेष्ठकाे इन्स्टाग्राम

Leave A Comment