ज्योतिषकै फिल्म फ्लप

आइतबार, २४ चैत २०७५, ०४ : ०५ शुक्रवार
ज्योतिषकै फिल्म फ्लप

कुन समय शुभ हो कुन अशुभ भन्दै नाम र दाम दुवै कमाएका ज्योतिष हरिहर अधिकारीले आफ्नै फिल्मको शुभअशुभ भने पत्तो लगाउन सकेनन् । टेलिभिजनमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाएर भाग्य फल भनिदिने गरेका उनै हरिहरकै फिल्म ‘शुभ लभ’को शुभसाइत मिल्न सकेन ।

युवा ज्योतिषको रुपमा कमाएको क्रेज फिल्ममा उपयोग गर्न उनी हिरो बनेका थिए । तर  फिल्मले हलमा पानी पनि पिउन पाएन । धेरैको फिल्म रिलिज हुने साइत जुराएका उनले पक्कै पनि आफू अभिनित फिल्म रिलिजको साइत जुराएका थिए होला नै ! तर आफैंले जुराएको चैत १५ को साइत उनका लागि शुभ भएन । ‘साइँली’का अगाडि ‘शुभलभ’ टिक्न सकेन ।

फिल्म फ्लप भएसँगै फिल्मी यात्रा त संकटमा पर्यो नै अब ज्योतिषीमा पनि कसले पत्याउला र खै उनलाई ! हिरो बन्ने झोँकमा गज्जबको आम्दानी हुने ज्योतिषको दोकानै पो संकटमा पर्ने भयो उनको !
सिकर्मीको घरमा झ्यालढोका हुन्न, ज्योतिषलाई आफ्नै भाग्य थाहा हुन्न भनेको यही रहेछ !
 

Leave A Comment