शर्मा क्याम्पमा साम्राज्ञी

आइतबार, २४ चैत २०७५, ०४ : ०९ शुक्रवार
शर्मा क्याम्पमा साम्राज्ञी

चलचित्र निर्माता अशोक शर्माले लामो समयको निष्क्रियता तोड्न बनाएको ‘जय भोले’मा नायिकाको अफर गरेका थिए, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई । तर पुराना खारिएका निर्माता तथा निर्देशक शर्मालाई नयाँ कलाकार शाहले पत्याइनन् र शर्मा अर्कै नायिकाको भर परे ।

शर्मालाई इग्नोर गरेकी उनै शाह अब भने शर्मासँग काम गर्न राजी भइछन्, ‘रातो टीका निधारमा’ फिल्ममा । उनी राजी मात्र भएकी हैनन्, उनले सम्झौता नै गरिसकिन् । शाह शर्मा क्याम्पमा आउँदा अर्की नायिका जसिता गुरुङ भने शर्मा क्याम्पबाट आउट भएकी छन् । ‘जय भोले’ रिलिज नहुँदै शर्माले यो फिल्मको घोषणा गरेका थिए । त्यो बेला शाहको चर्चा नै थिएन ।

वैशाखबाट फ्लोरमा उत्रने तयारीमा रहेको बेला एकाएक शाह र शर्माबीच महँगो रेटमा सहमति भएको समाचार मात्र बाहिरिएन, दुवैले सम्झौतापत्र आदान प्रदान गरेको तस्बिर समेत सार्वजनिक भयो । फिल्ममा शाह अनुबन्ध भइसके पनि उनको अपोजिट रोलमा कसको आगमन हुने हो भन्ने टुंगो लागेको छैन । शर्माको दाउ साम्राज्ञीको जोडीका रुपमा आफ्नै छोरा अंकितलाई डेब्यु गराउने रहेको उनी निकटको दाबी छ तर यसबारे शर्माले मुख खोलिसकेका छैनन् ।

साम्राज्ञी बजारमा राम्रै चले पनि उनले अभिनय गरेको फिल्म भने त्यत्ति चलेका छैनन् ।  शर्मा हलमा फिल्म चलाउन खप्पिस निर्माताको रुपमा परिचित छन् । उनले ‘छक्कापञ्जा ३’सँग फिल्म जुधाउँदासमेत फिल्मको लगानी उठाएका थिए । बिजनेसमा ब्याड रेकर्ड रहेकी साम्राज्ञीले आफ्नो रेकर्ड दोहो¥याउँछिन् कि शर्माले आफ्नो रेकर्ड दोहोर्याउँछन्, त्यो भने दशैँमा मात्रै थाहा होला ! 

Leave A Comment