फेसबुक–इन्स्टा चलाउने तनावमा

बिहिबार, २८ चैत २०७५, ०६ : ४६ शुक्रवार
फेसबुक–इन्स्टा चलाउने तनावमा

केली ओक्स \ बिबिसी फ्युचर

हिजोआज सामाजिक सञ्जाल हाम्रो जीवनको महŒवपूर्ण अंश बनिसकेको छ । हामीसँग थोरै समय खाली भयो भने फेसबुक, इन्स्टाग्राम वा ट्वीटरका टाइमलाइन खङ्गाल्न थाल्छौँ ।

यसमा आउने तस्बिरहरुका कारण तपाईंको जीवनमा कस्तो असर पार्छ भन्ने कहिल्यै तपाईंले सोच्नु भएको छ ? साथीका छुट्टि मनाउन निस्केका तस्बिरहरु हुन् या कुनै सेलिब्रिटीले जिममा खिचेको तसिबर

होस्, ती सबै किसिमका तस्बिरले तपाईंको सोचमा पार्ने कुप्रभावबारे सायदै सोच्नु भएको होला ।
वर्षौंदेखि मूलधारका मिडियामाथि आरोप लाग्ने गथ्र्यो, यसले सधैँ सेलिब्रिटीहरुलाई चाहिँदोभन्दा राम्रो देखाउने काम गर्यो । यस्तो गर्नु भनेको समाजलाई त्यस्तै बन्न प्रेरित गर्नु हो भने सबैले त्यस्तो गर्ने प्रयास गर्नेछन् र हुन सकेनन् भने तनाव र अवशादको भारी बोक्न पुग्नेछन् ।

यही कुरा हिजोआज सामाजिक सञ्जालका मामिलामा प्रमाणित हुन थालेको छ । सोसल मिडियामा छाँटकाँट र सम्पादन गरेर जस्ता तस्बिरहरु हालिन्छ, त्यसले सर्वसाधारणको सोचमा गहिरो असर पार्न थालेको छ ।

हुन त सोसल मिडियालाई सही प्रयोग गर्दा हामीले ती तस्बिरलाई देखेर आफैँलाई आनन्दको महसुस गर्न सक्छौँ या कम्तीमा खराब महसुस गर्नबाट रोक्न सक्छौँ ।

दिमागमा पर्ने असर
सामाजिक सञ्जाल धेरै पुरानो भइसकेको छैन न त यसले पार्ने असरबारे कुनै गहन अध्ययन नै हुन सकेको छ । त्यसैले छोटो अवधिमा भएका शोधलाई आधार बनाएर कुनै नतिजामा पुग्नु ठीक हुँदैन । तर भएका जति पनि शोध छन्, तिनले गरिरहेको संकेतले भने केही कुरा भन्न खोजिरहेको छ ।

उदाहरणका लागि, हामी लगातार फेसबुक हेर्नाले मानिसमा नकारात्मक भाव पैदा हुन्छ भन्ने प्रमाणित गर्न सक्तैनौँ । तर लगातार फेसबुकमा अल्झिने मानिसहरु आफूलाई कसरी सुन्दर, तेज, बुद्धिमान आदि देखाउन सकिएला भनेर हरबखत तनावमा भने हुन्छन् । यो कुरा त प्रमाणित नै भइसकेको छ ।

सामाजिक सञ्जालमा अरुका राम्रा तस्बिरहरु देखेर मानिसले आफूलाई भने झूर ठान्न थाल्छन् । इन्स्टाग्राम र अन्य प्लेटफर्ममा अरुका राम्रा तस्बिरले असर पार्छन् र यसले आफैँप्रतिको सोच भने नकारात्मक बन्न थाल्छ ।

सामाजिक सञ्जालमा घरिघरि हेरिरहनेको एक किसिमको असर हुन्छ भने तस्बिरलाई सम्पादन गरेर आफूलाई सुन्दर देखाउनेहरुको मानसिक असर बेग्लै किसिमले पारिरहेको हुन्छ किनभने तपाईं सेलिब्रिटीबाट प्रभावित हुनुहुन्छ, जो तपाईंको नजरमा सुन्दर वा आकर्षक हुन्छ । शोधले के देखाएको छ भने हामी आफूलाई कोसित तुलना गर्छौं, त्यसले हामीलाई मानसिक रुपमा कस्तो कुप्रभाव पार्छ भन्ने अर्थ राख्छ ।

हीन भावना
अस्ट्रेलियाको म्याक्वेरी विश्वविद्यालयकी जस्मिन फार्दुलेले सामाजिक सञ्जालका कुप्रभावबारे शोध गरेकी छन् । उनी भन्छिन्, ‘मानिसहरु आफूलाई इन्स्टाग्राममा अपलोड गरिएका तस्बिरहरुबाट गर्न थाल्छन् । यस्तोमा उनीहरुले ती सेलिब्रिटीभन्दा आफूलाई निकै कमजोर, दीनहीन नै ठान्छन् ।

जस्मिनले विश्वविद्यालयका २२७ छात्राहरुमाथि सामाजिक सञ्जालले पार्ने असरका बारेमा केही प्रश्न सोधिन् । उनीहरुले जस्मिनलाई भने, ‘हामी अरुभन्दा आफूलाई कुरुप र कम सुन्दर अनुभूत गर्ने गरेका छौँ ।’
सेलिब्रिटीहरुको तुलनामा उनीहरु आफूलाई कम सुन्दर ठान्छन् । वास्तविक संसारमा ती कस्ता छन् भन्ने थाहा नपाएका छात्राहरु त उनीहरुको सुन्दरताका कारण आफूमा हीनभावना पालिरहेका थिए ।

जस्मिन भन्छिन्, ‘हामी जो व्यक्तिका बारेमा बढी जान्दछौँ, उनीहरुको वास्तविक सुन्दरताका बारेमा जानकार हुन्छौँ । त्यस्तै जसलाई हामी टाढाबाट चिन्छौँ, उनीहरुको सुन्दरताका बारेमा भ्रम पालिरहेका हुन्छौँ । सोसल मिडियामा प्रायः हरेकजसोले बढाइचढाइ प्रस्तुत गरिरहेका हुन्छन् ।’

नकारात्मक असर
हुन त सोसल मिडियाका हरेक किसिमका तस्बिरले नकारात्मक असर पार्छन् भन्ने पनि होइन । सोसल मिडियामा हालिएका कयौँ तस्बिरहरु कहिलेकाहीँ वास्तविक पनि हुन्छ भने कहिले देखावटीका लागि बनाइएका तस्बिर पनि हुन्छन् ।

सन् २०१७ मा बेलायतको ब्रिस्टल विश्वविद्यालयकी एमी स्लेटरले यसबारेमा एउटा शोध गरेकी थिइन् । एमीले विश्वविद्यालयका १६० छात्राहरुसँग कुरा गर्दा उनीहरुबाट के थाहा पाइन् भने जो विद्यार्थीले सोसल मिडियामा एक्सरसाइज गरेको तस्बिर हाल्ने गर्दा नकारात्मक असर परेको देखियो । यस्तोमा प्रेरणात्मक तस्बिर वा कृतिका कुरा पढ्दा उनीहरुमा नकारात्मक असर कम नै भएको पाइयो । उनीहरुलाई ‘तिमी जस्ती छ्यौ, त्यही रुपमा राम्री छ्यौ’ भन्ने भावना भएका टिप्पणी पढ्दा आफ्नो शरीरलाई लिएर हुने हीन भावनाको शिकार भएको पाइएन ।

यसै वर्ष आएको एउटा अर्को शोधमा १९५ जना महिलालाई उनीहरुलाई तारिफयुक्त पोस्ट देखाइयो । त्यसमा केही महिलाहरुले बिकिनी लगाएका थिए र त्यहाँ उनीहरुले एक्सरसाइज गरिरहेका थिए । 

केही युवतीलाई प्राकृतिक सुन्दरताका तस्बिर देखाइयो । जुन महिलालाई बिकिनीयुक्त या फिटनेसको प्रचार गरिएका तस्बिर देखाइएको थियो, ती युवतीलाई ती तस्बिर राम्रो लाग्यो र आफ्नो कायाबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए । एमी स्लेटर भन्छिन्, ‘सोसल मिडियामा आउने केही तस्बिरले मानिसलाई तनाव होइन, मन खुस गराउने गर्छ ।’

जब बडी पोजिटिभ तस्बिर अर्थात् शरीरमाथि गरिएका सकारात्मक टिप्पणी भएका तस्बिरहरु हेरिन्छ, त्यस्तो अवस्थामा उनीहरु पनि शरीरलाई नै बढी जोड दिइरहेका हुन्छन् । चिन्ता यही कुराको हो । यतिबेला पनि स्त्रीहरु आफ्नो शरीरमा नै बढी जोड दिइरहेका हुन्छन् । यस्तोमा हरेक युवती आफ्नो तुलना अन्य सँग गरेर आफूलाई उम्दा वा झूर आँक्न बाध्य हुन्छे ।

सोसल साइटमा कसैले ‘म सुन्दर छु’ भनेर कसैले लेख्यो र प्रतिक्रियामा कसैले ‘खुब सुन्दर छेस् !’ भनेर गिज्यायो भने त्यसले हेर्ने जति सबैलाई नकारात्मक असर नै पार्ने गरेको छ ।

सेल्फी प्रेम
हिजोआज सेल्फीको खुबै चलन बढेको छ । जहाँकहीँ भए पनि सेल्फी हाल्ने चलन ह्वात्तै बढेको छ । कतिपयले त यस्तो सेल्फीलाई अझ सुन्दर र बडो सुन्दर बनाएर हाल्ने गरेका छन् । 

टोरन्टोको योर्क विश्वविद्यालयकी जेनिफर मिल्सले सेल्फीका सोखिनहरुमाझ एउटा प्रयोग गरिन् । उनले छात्राहरुको एउटा समूहलाई तिनको तस्बिर फेसबुक वा इन्स्टामा हाल्न भनिन् । केही छात्रालाई एउटा मात्र तस्बिर खिच्ने स्वीकृति दिइएको थियो । अर्को समूहका छात्रालाई भने जति मन लाग्छ, त्यति सेल्फी लिने र त्यसलाई सम्पादन गरेर हाल्ने छूट दिइएको थियो ।

जेनिफर र उनका सहयोगीहरुले के देखे भने सेल्फी लिने अधिकांश युवतीमा आफ्नो सुन्दरतामाथि त्यति भरोसा थिएन । जसलाई फोटो सम्पादन गर्ने छूट पाएको थियो, उनीहरु पनि आफूलाई कमजोर महसुस गरिरहेका थिए । उनीहरु आफूलाई अन्यको तुलनामा कम सुन्दर भएको गुनासो थियो ।

तस्बिर हालिएका युवतीहरुमध्ये अधिकांशलाई कति लाइक आयो भन्नेमा चासो बढी थियो । जेनिफर भन्छिन्, ‘सबै छात्रा आफ्नो अनुहार र सौन्दर्यलाई लिएर सशंकित थिए । त्यसैले उनीहरु हतारहतार अर्को सेल्फी लिन तयार देखिन्थे ।’

आत्मविश्वासमा कमी
२०१७ मा आएको एउटा शोधमा जो मानिस सेल्फी लिएपछि त्यसलाई सम्पादन गरेर अपलोड गर्न समय लगाउँछन्, उनीहरु आत्मविश्वासमा कमजोर रहेको र आफूप्रति सशंकित रहेको देखाएको थियो ।
त्यसो त सोसल मिडियामाथि भएका शोध अहिले त्यति धेरै पुराना भएका छैनन् । सोसल मिडियाको जुग आएको पनि त्यति धेरै भएको छैन । यस्तोमा कम उमेरको सोसल मिडियामाथि भएको शोध र त्यसले निकालेको परिणामलाई लिएर अहिले नै ठोकुवा गर्न नसकिने केही विद्वानको दाबी छ ।

रमाइलो त के छ भने अधिकांश शोध महिलामाथि नै केन्द्रित भइरहेको छ । सोसल मिडिया र पुरुष व्यहारका बारेमा कम शोध भएका छन् तर जति भएका छन्, तिनले पनि महिलाको भन्दा कम तनाव देखाउँदैन । अधिकांश पुरुषले फिटनेसकै तस्बिर बढी हाल्ने गर्छन् भने उनीहरु आफ्नो शारीरिक अवयवबारे बढी नै नकारात्मक सोच पाल्ने गर्छन् भन्ने ती शोधले देखाएको छ ।

जो पुरुष फिटनेसका तस्बिर बढी हेर्छन्, उनीहरु आफ्नो शरीरलाई लिएर नकारात्मक सोच पाल्ने गर्छन् ।
जस्मिन भन्छिन्, ‘सोसल मिडियामाथि अझै बढी शोध हुन आवश्यक छ र मात्र यसको प्रभाव÷कुप्रभावबारे हामी पक्का रुपमा केही नतिजामा पुग्न सक्छौँ ।’

अहिलेलाई के गर्ने त ?
अहिलेलाई तपाईं आफ्नाबारे खराब महसुस गर्न चाहनु हुन्न भने फोन या ट्याब्लेटमा नझुण्डिनुस् । त्यो समय कुनै राम्रो काममा लगानी गर्नुस् । यस्तो काम गर्नुस्, जसले तपाईंको वास्तविक सुन्दरता र निखारियोस् या सुन्दरता र शक्तिसँग त्यसको कुनै वास्ता नहोस् ।

सोसल मिडियामा तपाईंले कसलाई फलो गरिरहनु भएको छ भन्ने कुरामा ध्यान दिनुस् । कतै तपाईंको टाइमलाइनमा तस्बिरहरुको बाढी त छिरेको छैन ? तपाईंलाई जे कुराले चिन्तित बनाउँछ, त्यस्ता मान्छे वा तस्बिर छाँटकाँट गर्नुस् ।

अहिलेको समयमा सोसल मिडियाबाट टाढै रहनु लगभग असम्भव नै छ । तर वास्तविक तस्बिरयुक्त, तपाईंको चित्त रसाउने किसिमका मानिस वा तस्बिरलाई बढी जोड दिँदा तपाईंको कल्याण हुन्छ ।
 

Leave A Comment