हलमै ‘ग्वाँ ग्वाँ’

शुक्रबार, २९ चैत २०७५, ०३ : ४० शुक्रवार
हलमै ‘ग्वाँ ग्वाँ’

फिल्म चलाउन हलमा पुगेर ‘ग्वाँ ग्वाँ’ रोइदिने चलन ०७५ मा खुब फस्टायो । त्यसको शुरुवात गरिन्, फिल्म ‘शत्रु गते’की अभिनेत्री आँचल शर्माले । दर्शकसँगै हल पुगेकी उनी ग्वाँ ग्वाँ रोइदिइन् । उनको रुवाईमा दर्शकले भने साथ दिएनन् ।

फिल्म ‘पण्डित बाजेको लौरी’को प्रिमियरमा शोमा अभिनेत्री सन्ध्या केसी फिल्म हेरे निस्कदा मिडिया देखेपछि डाँकै छोडेर रोइन् । उनको आँशुले मेकअप नै बिगार्यो तर उनको आँशुले काम गरेन । फिल्मले आशाअनुरुप व्यापार नगर्दा घरमा निर्माता भने पक्कै रोए ।

दीपाश्री निरौला र स्वेता खड्काको आँशुको ड्याम पनि कमसल छ । सानो भावनामा पनि बगिहाल्छ । दीपाश्रीको आँशुले प्रभाव पार्ने गरेको देखिन्छ । तर स्वेताको आँशु भने खेर जान्छ धेरै ।

फिल्मको कन्टेन्ट दर्शकको मन हुँडल्न सक्षम भए दर्शकको आँखा रसाइहाल्छ । दर्शकको आँखा रसायो भने फिल्मको व्यापारका लागि शुभ साइत पनि हुन्छ नै । तर कन्टेन्ट न सन्टेन्ट हावा तालमा आँशु बगाउँदा बेक्कार आँशु मात्र खेर जाने हो, यो वर्ष यसरी नै केही अभिनेत्रीको आँशु खेर गयो ।

Leave A Comment