आमिरका पूर्वअंगरक्षक

शनिबार, १५ साउन २०७३, १२ : ३५ शुक्रवार , Kathmandu
आमिरका पूर्वअंगरक्षक

बलिउडका सेलिब्रिटीहरूको सुरक्षाका लागि निजी बडीगार्ड तैनाथ रहन्छन् । उनीहरूको मुख्य काम हुन्छ– प्रशंसक र भीडभाडको बीचमा कलाकारको रक्षा गर्नु ।
हालै ऐश्वर्या रायको सुरक्षार्थ चारजना बडीगार्ड थपिए । अहिले उनका अंगरक्षकको संख्या आठ पुगेको छ । आफ्नो हिफाजतका लागि बलिउडका थुप्रै स्टारले बडीगार्ड राखेका छन् । सलमान खान, आमिर खान आदि स्टार अंगरक्षकविना बाहिर निक्लँदैनन् ।
आमिर खान कुनै सभा–समारोहमा जाँदा छ–सातजना बडीगार्ड लिएर जान्छन् । उनी जिम जाँदा पनि उनको साथमा एकजना अंगरक्षक हुन्छन् । प्रसिद्ध टेलिभिजन कलाकार रोनित राय कुनै बेला आमिरका अंगरक्षक थिए । उनले दुई वर्षसम्म आमिरको हिफाजतको जिम्मा लिएका थिए । रोनित सेक्युरिटी कम्पनी पनि चलाउँछन् ।
हाल रोनित ‘अदालत’ टेलिशृंखलामा काम गरिरहेका छन् । वकिलको भूमिकामा रहेका उनको अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । ‘कसौटी जिन्दगी की’ सिरियलमा उनले निर्वाह गरेको भूमिका लोकप्रिय थियो ।

 

Leave A Comment