प्रियंकालाइ इन्स्टाको सहारा

शुक्रबार, २९ चैत २०७५, ०५ : ३९ शुक्रवार
प्रियंकालाइ  इन्स्टाको सहारा

फिल्म चलोस् नचलोस् प्रियंका कार्कीलाई त्यत्ति मतलब देखिन्न । तीन फिल्म रिलिज भए तर अभिनयको हिसाबले उनलाई कुनै क्रेडिट आएन । तर बाल मतलब उनलाई ! कारण, उनले अभिनय गरेका फिल्मलाई दर्शकले नरुचाए पनि उनलाई रुचाएकै छन् । सामाजिक सञ्जालमा उनी हिटै छिन्, विज्ञापनको बजारमा एकछत्र राज चलेकै छ ।

उनी मात्र हो र, उनका प्रेमी आयुष्मान देशराज जोशी पनि हिट छन् प्रियंकाकै साथले ।
जस्तो सुकै व्यक्तिगत दैनिकी सञ्जालमार्फत् शेयर गर्न नहिच्किचाउने प्रियंकाले यो वर्ष आयुष्मानसँग इन्गेजमेन्ट गरिन् । दुवैको निकटता हेर्दा उनी इन्गेजमेन्टलगत्तै विवाहको आतुरीमा छिन् झैँ देखियो थियो तर बिहेको अत्तोपत्तो छैन ।

उनी आफैँले इन्स्टाग्राममा राखेको वास्तविक तस्बिरले दुवैको भावनात्मक मात्र हैन शारीरिक निकटता पनि प्रस्टै देखाउँछ । यी दुवैको तस्बिर कुनै म्यारिड कपलको भन्दा कम छैन । ग्लामरस तस्बिर त सामान्य भइहाल्यो, इरोटिक तस्बिर राख्न पनि उनी हच्किन्नन् । अहिले उनी कुनै फिल्ममा अनुबन्ध भएको खबर आएको छैन तर मिडियामा भने छुट्दिनन् । अधिकांश गसिप कोलममा अटाइरहन्छिन् उनी । कारण उनका इन्स्टाकै तस्बिर हुन् । ०७५ मा यही फन्डाले साथ दियो, ०७६ मा के आउने हो कुन्नि !

Leave A Comment