केक काट्ने रहर

शुक्रबार, २९ चैत २०७५, ०५ : ४५ शुक्रवार
केक काट्ने रहर

‘लिलिबिली’का दृश्य जति भव्य थिए, फिल्म त्यत्ति नै झुर । झुर फिल्मको व्यापार राम्रो हुने चान्सै भएन । विभिन्न हिन्दी फिल्मका टुक्राटाक्री जोडेर बनेको फिल्मको आयु मुस्किलले २–४ दिन हुने भए पनि यसका निर्माता प्रदिप उदयले भने केक काटेरै ५१ दिन मनाए । तस्बिर खिचाएर फिल्म भव्य भएको गुट्की हाँके ।

लगानी पनि उठाउन नसकेको फिल्मको सेलिब्रेसन देखेर हल सञ्चालक र वितरक भने पक्कै मुर्छा परे । 
फिल्मको व्यापार चौपटै भए पनि सेलिब्रेसन गर्ने काइदा राम्रै छ । फिल्मसम्बन्धी जानकारका अनुसार यसरी फिल्मको सेलिब्रेसन गरेर प्रचार गराउनुको उद्देश्य परदेशको व्यापार बढाउने दाउ हो ।

यता नचले पनि फिल्म भब्य चलेको हल्ला चलाउन सके विदेशमा फिल्म चलाउन इच्छुकहरुबीच फिल्म किन्ने होड चल्दा हल्काफुल्का डुबेको रकम उठ्ने आशमा घाटै भए पनि सेलिब्रेसन गराउँछन्, फिल्म निर्माताहरु । यसले हल्काफुल्का साथै दियो ०७५ मा । आगामी वर्ष यही फण्डाले काम के देला र !
 

Leave A Comment