कुन मासु राम्रो

आइतबार, १५ बैशाख २०७६, ०५ : ३४ शुक्रवार
कुन मासु राम्रो

सिकारी युगदेखि नै मासु खाने प्रचलन सुरु भयो । आफू बाँच्नका लागि व्यक्तिले पशुपंक्षीको सिकार गरेर मासु खाने परम्परा शुरु गरे । बिस्तारै मानिसले आगोमा पोलेर खाँदा स्वाद फरक हुन्छ भन्ने चाल पाए । भोक मर्ने र स्वाद पनि हुने भएकाले मासुमा व्यक्तिको स्वाद बस्दै गयो । 
मासुमा उत्तेजना

मासुमा विशेषगरी बोसो (फ्याट), प्रोटिन, मिनरल्स, खनिज तथा लवणजस्ता तत्व हुन्छन् । यसमा शरीरलाई आवश्यक प्रायः सबै किसिमका पोषण तत्व हुन्छन् । त्यसैले मासु मात्रै खाँदा पनि अघाउन सकिन्छ । एक दिन खाएको मासुले ३÷४ दिनसम्म शरीरलाई चाहिने आवश्यक पोषक तत्व दिनसक्छ । 
मासुमा रहेको फ्याट तथा प्रोटिनजस्ता तत्वले शरीरको हार्मोनलाई उत्तेजित बनाउँछ । 
मासुले शरीरको मांशपेशीलाई बलियोसमेत बनाउने भएकाले युद्धमा जाने सिपाहीले मासु खाने चलन अझै छ । 

मासु कसरी खाने 
सामान्यतः प्राकृतिक रुपमा मासु पोलेर खाने चलन छ तर पोलेर भन्दा उसिनेर खानु राम्रो मानिन्छ । पोलेको मासुले क्यान्सर गराउन सक्ने जोखिम बढी हुन्छ । 

उसिनेको मासुमा भएको बोसो पग्लने र तेल लगायतको मसलासमेत कम हुँदा शारीरिक रुपमा फाइदाजनक देखिन्छ । राम्रोसँग नपाकेको मासु स्वास्थ्यका लागि राम्रो हैन । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न सक्छ । 

दैनिक तीन सय ग्राम 
एक व्यक्तिले दैनिक २ सय देखि ३ सय ग्रामसम्म मासु खानु ठीकै हो । यति मात्राको मासु खाँदा व्यक्तिलाई आवश्यक पोषण तत्व पुग्छ । यो भन्दा धेरै खाँदा स्वस्थ्यलाई फाइदा पुर्याउँदैन ।
बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ । मानसिक काम गर्नेका हकमा सकेसम्म कम मासु नखाएकै राम्रो । 

भौतिकवादी तथा अध्यात्मिक व्यक्तिको मासु खाने र नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ । उनीहरु शारीरिक परिश्रममा विश्वास गर्छन् । अध्यात्मवादी मासु खान प्रोत्साहित गर्दैनन् किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक कार्य बढी हुने तर शारीरिक परिश्रम कम हुने भएकाले मासु पच्दैन । त्यसैले उनीहरु शाकाहारी भोजनलाई बढी प्राथमिकता दिन्छन् । 
विशेषगरी दीर्घ रोगीले मासु नखानु नै राम्रो हो । दीर्घरोगीलाई मासु पचाउन मुस्किल पर्छ । मासुमा हुने

तत्वले औषधी उपचारमा समेत बाधा पुग्न सक्छ । त्यसैले सामान्यतः चिकित्सकले दीर्घ रोगीलाई माछा-मासु नखान सल्लाह दिन्छन् । 
सरुवा रोग भएको अवस्थामा पनि माछा—मासु नखाएकै राम्रो । त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असर समेत गर्न सक्छ । 

बेलुकी भन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछा—मासु खानु उपयुक्त हुन्छ । खानासँग भन्दा पनि खाजासँग खानु स्वास्थ्यलाई लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन मुस्किल पर्छ । 

बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि—विकासका लागि माछा—मासुको आवश्यकता पर्छ । बालबालिकाले खान सक्ने भएपछि आवश्यकताअनुुसार माछा—मासु खुवाउन सकिन्छ । 
वृद्ध—वृद्धाले माछा—मासु नखाएकै राम्रो । माछा—मासु पचाउन कठिन हुनुका साथै असर पनि गर्न सक्छ । वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ । 

गाईको मासु बढी उपभोग

पोषिलो तथा स्वस्थकर हुने भएकाले गाई—गोरुको मासुु विश्वमा सर्वाधिक रुचाइएको मासुमा पर्छ । गाई—गोरुको मासुमा बोसोको मात्रा कम हुने भएकाले मोटाउने, भद्दा ज्यान हुने, रोगको जोखिम कम देखिन्छ । विशेषगरी पश्चिमा देशमा गाई—गोरुको मासुको एटेक, टेन्डरलोयन जस्ता परिकार बनााएर खाने चलन छ । 

सुंगुर— बंगुरमा नझुक्किने
गाई—गोरुपछि दोस्रो नम्बरमा सुंगुर र बंगुरको मासु उपभोग हुन्छ । सुंगुर—बंगुरको मासु प्रायः एसियाली मुलुकमा बढी खाने चलन छ । चीन, जापान, कोरियाजस्ता मुलुक सुंगुर—बंगुरको मासु बढी उपभोग गर्ने मुलुकमा पर्छन् । अन्य पशुपक्षीको मासुभन्दा सुंगुर—बंगुरको मासु फरक हुन्छ । अन्य मासु मिसाउँदा छुट्टिने भएकाले आफूले चाहेको मासु नै प्राप्त होस् भन्ने विश्वासका कारणले यी मुलकमा सुंगुर— बंगुरको मासु बढी खाने चलन भएको देखिन्छ । 

सुंगुर—बंगुरको मासुमा पनि फ्याट तथा प्रोटिन पाइन्छ । स्वास्थ्यको हिसाबले गाई—गोरुपछि सुंगुर—बंगुरको मासु स्वस्थकर मानिन्छ । बढी खाँदा भने अपच हुने डर हुन्छ । जंगलमा सजिलै पाइने भएकाले आदिबासीले सुंगुर—बंगुरको मासु खाने चलन भएको हो । 

सुंगुर—बंगुरको मासु उसिनेपछि बोसो कम हुने भएकाले उसिनेपछि विभिन्न परिकार बनाएर खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । 

कुखुरा मासुमा गनिँदैन
विश्वमा उपभोग हुने मासुमध्ये तेस्रो नम्बरमा पर्छ, कुखुराको मासु । तर सामान्यतः कुखुराको मासुलाई मासु मानिँदैन । मासुको विशेषतामा कुखुराको मासु मानिँदैन ।

कुखुराको मासुलाई पोल्ट्रीको रुपमा लिने भए पनि नेपालमा भने मासुकै रुपमा उपभोग हुन्छ । रातो मासु खासमा मासुको विशेषताअन्तर्गत पर्छ तर कुखुराको मासुमा भने रातो मासु हुँदैन । कुखुराको मासुको तत्व अन्य जनावरको मासुको तत्वसँग मिल्दैन । पक्षी प्रजाति भएका कारण पनि कुखुराको मासुलाई मासुको रुपमा लिइँदैन ।

ब्रोइलर कुखुरा स्वस्थकर मानिँदैन । कुखुरा छिटो बढाउन खुवाइने दानामा ‘ग्रोथ हार्मोन’, ‘एन्टिबायोटिक’को प्रयोग हुने भएकाले त्यस्ता तत्वले स्वास्थ्यमा दीर्घकालीन रुपमा नकारात्मक असर पुग्न जान्छ । 

खसीको मासु मध्यमार्गी
कुखुरापछि चौथो नम्बरमा खसी—बाख्राको मासु उपभोग गरिन्छ । विशेषगरी नेपाल, भारत, पाकिस्तान लगायतका दक्षिण एसियाली मुलुकमा खसी—बाख्राको मासु उपभोग गरिन्छ । 

हिन्दु धर्मावलम्बीले गाई—गोरुको मासु नखाने र ईश्लाम धर्मावलम्बीले सुँगुरको नखाने भएकाले मध्यमार्गी बाटो अपनाउँदै यस क्षेत्रमा खसी—बाख्रोको मासु खाने चलन आएको देखिन्छ । मिलेर बसेको समाजमा खसी—बाख्राको मासु दुवै पक्षलाई चल्ने भएकाले खसीको मासु खाने चलन रहेको देखिन्छ । 

खसी—बाख्राको रातो मासु हुन्छ । खसीको मासुमा पनि प्रशस्त मात्रामा फ्याट तथा प्रोटिनजस्ता तत्व पाइने भएकाले स्वास्थ्यका हिसाबले खसीको मासु रुचाइन्छ । कुखुराको तुलनामा खसीको मासु स्वस्थकर हुने भएकाले नेपाली समाजमा खसीको मासु बढी रुचाइको हो ।

माछाले तीक्ष्ण क्षमता
माछाको पनि राम्रै उपभोग हुन्छ तर माछालाई पनि सामान्यतः मासु मानिँदैन । माछालाई रातो र कुखुराको मासु भन्दा मासुमध्येकै स्वस्थकर मानिन्छ । माछामा हुने फ्याट तथा प्रोटिनले शरीरलाई फाइदा हुन्छ । 

माछामा शरीरलाई फाइदा गर्ने ओमेगा जस्तो तŒव पाइन्छ । जसले शरीरको मांशपेशी तथा नशा मजबुत बनाउन सहयोग गर्छ । माछाको परिकार नियमित रुपमा खाने व्यक्तिले राम्रो पोषण तŒव पाउनुका साथै तीक्ष्ण क्षमता बढ्छ । त्यसैले समुद्रको छेउमा बस्ने व्यक्तिको तीक्ष्ण क्षमता हुने मानिन्छ । माछा उसिनेर सुप बनाएर खाँदा स्वास्थ्यको हिसाबले लाभकारी हुन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment