पलले दिएको तनाव

शुक्रबार, २० बैशाख २०७६, ०७ : ०८ शुक्रवार
पलले दिएको तनाव

सुन्धारस्थित सिटिसी मलमा ‘वीर विक्रम २’ फिल्मको ट्रेलर रिलिजको कार्यक्रम थियो । नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी समयमा नै हलमा पुगे तर पल शाहको अत्तोपत्तो थिएन ।

हिरोको अभावमा तोकिएको समयभन्दा कार्यक्रम ढिला गर्नुपर्दा फिल्मका निर्देशक मिलन चाम्स निक्कै तनावमा देखिएका थिए । उनी घरिघरि ढोकातिर हेर्थे र निराश हुन्थे । हाउभाउले उनी पलको प्रतीक्षामा रहेको प्रस्टै देखिन्थ्यो । साढे एक बजेसम्म कुर्दा पनि पलको उदय नभएपछि कार्यक्रम शुरु भयो ।

ट्रेलर देखाइयो । अनि बल्ल झुल्किए पल साढे २ बजेतिर । कार्यक्रममा आएलगत्तै ‘जाममा परेँ’ भनेर पलले माफी त मागे तर मिलनको मुहारको रङग बदलिएन । उस्तै धुम्म थिए उनी ।

Leave A Comment