निकिताको संकट

शुक्रबार, २० बैशाख २०७६, ०७ : १० शुक्रवार
निकिताको संकट

सन् २०१७ की मिस नेपाल निकिता चण्डक दुई वटा फिल्ममा अनुबिन्धत हुँदा फुरुङ्गै थिइन् । हुन पनि मिस नेपालपछि धेरैको यात्रा फिल्म नै हुने गर्छ । यस्तोमा २–२ वटा अफर आउनु शुभ संकेतै हो तर अफर आएर मात्र नहुने रहेछ । अफर पनि आयो, अनुबन्धित पनि भइन् तर फिल्म बन्ने टुङ्गो भने अझै छैन ।

हिमाल न्यौपानेको निर्देशनमा बन्ने भनिएको फिल्म ‘रानी महल’मा मुख्य अभिनेत्रीको रुपमा उनी अनुबन्धित भएकी थिइन् । केही अभिनेत्रीहरुले फिल्म छोडेपछि उनको हातमा यो फिल्म आइपुगेको थियो । फिल्मको आधाआधि काम पनि सक्किएकै हो । बजेट सकिएको भन्दै रोकिएको फिल्मको सुटिङ शुरु हुने छाँटै छैन । 
निकितालाई चार महिनाअघि अभिनेता विराज भट्टले आफैँले निर्देशन गर्न लागेको ‘साङ्लो’ फिल्ममा  अनुबन्धित गरे । फिल्म गएको फागुनबाटै फ्लोरमा जाने पनि भनियो तर यसको सुटिङ कहिले शुरु हुने हो पत्तो नै छैन ।

विचरा निकिता भने फिल्मको सुटिङ कहिले होला र सक्काउँला भनेर बसेकी छन् तर फिल्म निर्माण समूह मौन छ । उनका लागि यी दुई फिल्म ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ भएको छ । के गर्नु ?

Leave A Comment