रोमान्टिक वर्षोङ्ग

शुक्रबार, २० बैशाख २०७६, ०७ : २२ शुक्रवार
रोमान्टिक वर्षोङ्ग

प्रेम सम्बन्ध लामो समय लुकाइराख्न नसक्ने पक्का भएपछि गत फागुन २ मा विवाह गरे, अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यावसायी सञ्जोग कोइरालाले । विवाहपछि हनिमुन सामान्य नै भइहाल्यो । विवाहपछिको केही दिन नयाँ ठाउँमा जोडी रमाउनु नौलो कुरो भएन तर यो जोडी भने त्यो बेला अन्योलमा देखिएका थिए, हनिमुन स्पटबारे ।

अहिले यी दुवै युरोपको टुरमा छन् र रोमाञ्चक मुडका तस्बिरले आ–आफ्नो सामाजिक सञ्जाल भरिरहेका छन् । हनिमुन कहाँ जाने भन्ने सञ्चारकर्मीको जिज्ञासामा लजाउँदै यो जोडीले ‘खै !’ भन्ने उत्तर दिन्थे । युरोपका तस्बिरले हनिमुन कहिले र कहाँ भन्ने प्रश्नको उत्तर दिइरहेको छ ।

Leave A Comment