अभिनेता खोज्दै प्रहरी

शुक्रबार, २० बैशाख २०७६, ०७ : २६ शुक्रवार
अभिनेता खोज्दै प्रहरी

एनआरएन, त्यसमा पनि सगरमाथा चढेका, तेस्रो रेखा थापाको साथ पाएका । कुनै समय सुर्दशन गौतमको शान नै छुट्टै थियो । उनको पछि लाग्नेहरुको कमी थिएन । अहिले पनि उनको पछि लाग्नेको कमी छैन । पहिले उनका प्रशंसक पछि लागेका थिए भने अहिले एक सय ९२ देशका प्रहरी ।

‘हिम्मतवाली’ फिल्ममा अभिनय गरेका उनी जब फिल्म बनाउने आवरणमा मानव तस्करीमा सक्रिय भएको आरोप लाग्यो नेपाल प्रहरी उनको खोजीमा लाग्यो । उनी नेपालमा थिएनन् । क्यानडामा थिए । उनले अमेरिका लैजान्छु भनेर पैसा लिएर मानव तस्करीको समूहलाई जिम्मा दिएको एक नेपाली महिलाको मृत्यु नै भयो । बेलैमा उद्धार हुँदा अन्य २ जनाको ज्यान जोगिएको थियो ।

पीडितबाट आएको जानकारी र प्रमाणको आधारमा यी सबै घटना सुदर्शनको योजनामा भएको खुलेपछि नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलमार्फत् उनको खोजीका लागि रेडकर्नर नोटिस जारी गराएको छ । अर्थात् इन्टरपोल सदस्य भएको १ सय ९२ देशमध्ये सुर्दशन जहाँ गए पनि पक्राउ पर्ने जोखिम छ ।
 

Leave A Comment