स्वेताको ‘दोस्रो जीवन’

शुक्रबार, २० बैशाख २०७६, ०७ : २९ शुक्रवार
स्वेताको ‘दोस्रो जीवन’

नायिका स्वेता खड्काकै शब्दमा अहिले उनी दोस्रो जीवन बिताइरहेकी छिन् । कारण अकस्मात गर्दनमा देखिएको ट्युमर । हेलो जिन्दगीको सुटिङका लागि लन्डन पुगेकी उनको गर्दनमा समस्या भएपछि जाँच गर्दा ट्युमर रहेको खुलेपछि उनले भारतको अस्पतालमा शल्यक्रिया गरेकी हुन् । शल्यक्रियापछि उनले आफ्नो फेसबुक पेजमा भावुक सन्देश लेखिन् ‘मेरो दोस्रो जीवन’ । के भएको हो उनकै शब्दमा :

जीवन धेरै अनिश्चित छ । यो सत्य हो । तपाईंलाई कहिल्यै थाहा हुँदैन के हुन सक्छ र तपाईंका योजनाहरू र आशाहरू केवल सेकेण्डमा एक अंश भित्र विनाश हुन सक्छ । म अत्यन्त दुःखी छु कि म मेरो नयाँ भेन्चरमा काम गर्न सक्दिनँ । लन्डनमा सुटिङ हुँदै गर्दा गर्दन र चिउँडोमा पीडा भयो । 

मैले डाक्टरसँग परामर्श गरेपछि उनीहरूले मलाई बताए कि यो ट्युमर हो र हटाउन आवश्यक छ । तर अहिलेका लागि ठूलो समस्या छैन । यो केही महिनापछि पनि हटाउन सकिन्छ । लन्डनमा सुटिङको केही दिनपछि मलाई धेरै पीडा र ज्वरोसमेत आयो । चिकित्सकले चाँडै अप्रेसन गर्नुपर्छ भनेपछि भारतको दिल्ली आएँ । 

दिल्लीमा डा. सुवेन्द्रकुमार दब्बाले रोबोट सर्जरी गरे । नेपालका डा. पंकजले सबै व्यवस्था गरेपछि मेरो शल्यक्रिया सफल भयो । 

अर्को चलचित्रमा काम गर्ने मेरो उत्साह मेरो स्वास्थ्य अवस्थाको कारण अर्को पटक बर्बाद भयो । यो घटनाले सिकाउँछ कि जीवन दुर्भाग्यपूर्ण छ । हामीलाई कहिल्यै थाहा हुँदैन कि हामीलाई के हुन सक्छ र जीवनले हामीलाई कहाँ पुयाउन सक्छ ।’
मैले अझै अर्को डरलाग्दो स्थिति जितेँ ।
 

Leave A Comment