अनुष्काकाे मिस नेपाल यात्रा : अष्ट्रेलियाकाे बै‌ककाे जागिर छाडेर नेपालमा

शुक्रबार, २७ बैशाख २०७६, ०८ : ३० शुक्रवार
अनुष्काकाे मिस नेपाल यात्रा : अष्ट्रेलियाकाे बै‌ककाे जागिर छाडेर नेपालमा

मिस नेपाल २०१९ काे उपाधी अनुष्का श्रेष्ठले जितिन् । बिहीबार द हिडेन ट्रेजरले कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यमिक विद्यालयको ग्राउन्डमा आयोजना गरेको २५ औं संस्करणको मिस नेपाल–२०१९ को फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि उनले जितेकी हुन्। श्रेष्ठले अष्ट्रेलियाकाे क्याथाेलिक युनिभर्सिटीबाट बाणिज्यशास्त्रमा स्नातक गरेकी छिन् ।

उनी अष्ट्रेलियाकाे कमनवेल्थ बै‌क अफ अष्ट्रेलियाकाे बै‌ककाे जागिर छाडेर मिस नेपालमा सहभागी हुन नेपाल आएकी थिइन् । 

प्रतियाेगितामा प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स, रिया बस्नेत मिस नेपाल अर्थ,  मिरा कक्षपति मिस नेपाल इन्टरनेशनल र राेज लामा मिस नेपाल सुपर नेसनल भइन् ।

 

तस्बिर : कृष्पा श्रेष्ठ

Leave A Comment