किमको सेल्फी टिप्पणी

आइतबार, १६ साउन २०७३, १० : ५८ शुक्रवार , Kathmandu
किमको सेल्फी टिप्पणी

गत मार्च महिनामा अमेरिकी मोडल किम कार्दासियनले नग्न फोटो सामाजिक सञ्जालमा अप्लोड गरेकी थिइन् । उक्त सेल्फी तत्काल सामाजिक सञ्जालतिर भाइरल भएको थियो भने यसले सञ्चारमाध्यममा समाचार र टिप्पणीको ओइरो सिर्जना गरिदिएको थियो । सोही सेल्फीबारे किमले अहिले आएर टिप्पणी गरेकी छिन् ।
‘त्यो सेल्फीले यति धेरै चर्चा र चासो बटुल्ला भन्ने मैले सोचेकी पनि थिइनँ । बच्चा पाएपछि म मोटाएकी थिएँ । वजन कम भएपछि छरितो बन्दै गरेको ज्यानको तस्बिर लिएर सेयर गरूँजस्तो लाग्यो र ट्वीट गरेँ । मैले ख्यालख्यालैमा यो सब गरेको थिएँ, तर यसले तहल्का मच्चाएछ,’ उनले भनिन् ।

Leave A Comment