उमेरको असन्तुलनमा यौन

सोमबार, ३० बैशाख २०७६, ०९ : १२ शुक्रवार
उमेरको असन्तुलनमा यौन


प्रश्न : म २८ वर्षकी युवती हुँ । मेरो श्रीमान्को उमेर ५० छ । प्रारम्भमा यौन सम्बन्ध ठिकठिकै भए पनि अहिले भने म सन्तुष्ट हुन सकेकी छैन । कुनै उपाय छ ?


सकेसम्म शारीरिक तथा मानसिक र सामाजिक हिसाबले एकै उमेर समूहका व्यक्तिसँग यौन सम्बन्ध राख्नु राम्रो हो । 

धेरै उमेरको अन्तराल भएका जोडीबीच विवाह गर्नु राम्रो मानिन्न । धेरै उमेर फरक रहेको व्यक्तिबीतको विवाहलाई शारीरिक  र मानसिक रुपमासमेत उचित मानिन्न । त्यसैले त नेपालको कानुनले समेत यौन जोडीको उमेर तोकेको छ । विवाह गर्दा कतिसम्म अन्तर हुने सोसमेत कानुनमै व्यवस्था गरिएको छ । 
धेरै अन्तराल उमेर भएका जोडिबीच विवाह गर्नु शारीरिक तथा मानसिक हिसाबले पनि उपयुक्त हुँदैन । जोडिमध्ये एक जवान र अर्को पाको हुँदा त्यसले शारीरिक मात्रै हैन मानसिक बेमेलको अवस्थासमेत ल्याउन सक्छ । 

२०–२५ वर्षको फरक उमेर भएका जोडीले विवाह गर्नु शारीरिक तथा मानसिक असन्तुलनको उग्र उपज हो । सामान्यतः व्यक्तिको शारीरिक र मानसिक अवस्था ५० वर्ष उमेर काटेपछि शिथिल र थकित हुँदै जान्छ । शारीरिक मजबुती कम हुँदै जान्छ । त्यसैले जोडीमध्ये एक पाको र अर्को तन्नेरी हुँदा न त तन्नेरीले यौन सन्तुष्टि पाउन सक्छन् । न त पाको जोडीलाई नै आत्मसन्तुष्टि हुन्छ । दुवै सन्तुष्ट नहुने जोखिम हुन्छ । 
यौन सन्तुष्टिका उपाय 

यौन सन्तुष्टि तथा यौन आनन्द लिन समागम नै गर्नुपर्छ भन्ने हुन्न । पुरुष यौनाङ्ग महिलाको यौनाङमा प्रवेशै हुनुपर्छ भन्ने पनि हुन्न । सन्तान उत्पादनका लागि मात्र यो अनिवार्य हो । यौन सन्तुष्टि हेरेर, सुनेर, सुँघेर तथा स्पर्श गरेर पनि लिन सकिन्छ ।

यदि पाको उमेरका पुरुषले जवान महिलालाई यौन जोडी बनाएको अवस्थामा पाको उमेरका पुरुषले जवान महिला जोडीको स्तन चलाएर यौनाङ्गमा स्पर्श गरेर, यौनाङमा बाहिरैबाट घर्षण गरेर पनि यौनानन्द लिन सकिन्छ ।

उमेर पाको हुँदै जाँदा व्यक्तिको शारीरिक कोष, अंग र प्रणाली क्रमशः कमजोर हुँदै जान्छन् । तसर्थ यौन अंग र यौन मानसिकता पनि अपवाद हुन सक्दैन । यस्तो अवस्थामा यौन दुर्बलता हुन्छ नै । शरीरका जोर्निको लचकता, सबलता तथा मजबुती कम हुँदै जान्छ । जसकारण यौन सम्बन्धमा सिथिलता आउँछ । पाको उमेरमा यौन इच्छा तथा चाहना भए पनि शारीरिक रुपमा सक्षम नहुँदा यौन सम्बन्ध सोचेअनुरुप प्रभावकारी नहुन सक्छ । 

जवान उमेरका व्यक्तिको शारीरिक तथा मानसिक सक्रिय हुने भएकाले यौन इच्छा तथा चाहना अत्यधिक हुनु स्वाभाविकै हो । सामान्यतः जवान उमेरमा यौन इच्छा तीव्र हुने नै भयो । यस्तो अवस्थामा पाको जोडीबाट यौन सन्तुष्टि नभएपछि जवान जोडीले यौनको विकल्प खोज्न सक्छन् । 

यौनको सद्भाव

सामान्यतः पाको उमेरका व्यक्तिको मानसिक अवस्था स्थिर हुन्छ भने जवानको अस्थिर तथा परिवर्तनशील हुन्छ । त्यसैले पाको व्यक्तिबाट जवान जोडीले शारीरिक रुपमा यौन सन्तुष्टि नपाए पनि भावनात्मक तथा मानसिक रुपमा आत्मियता हुन्छ । 

जवानले पाको जोडीबाट सोचेअनुरुप यौन सन्तुष्टि प्राप्त हुन नसकेको खण्डमा आत्म सन्तुष्टि भने लिन सक्नुपर्छ  । आत्म सन्तुष्टि लिने क्षमता, परिस्थिति तथा वातावरण स्वयंले बनाउनु पर्छ, जसमा जोडीको पनि भूमिका हुन्छ । 

जवानले पाको जोडीसँग शारीरिक रुपमा यौन सन्तुष्टिलाई मात्रै प्राथमिकता दिनु हुन्न । यौन सन्तुष्टि नभए पनि भावनात्मक रुपमा माया, प्रेम, सद्भावलाई पनि प्राथमिकतामा राखि जीवनयापन गर्दा त्यो जोडीका लागि सुखमय, सुन्दर तथा आनन्दित हुन्छ । 

महिला गोप्य

प्राकृतिक रुपमै महिलाका बाहिरी र भित्री जनेन्द्रिय शरीरभित्रै रहेका हुन्छन्  । त्यसैले महिला यौन क्रियाकलाप, यौन सम्पर्क तथा यौन सम्बन्धमा गोप्य हुन्छन् । आफ्ना यौन सन्तुष्टि खुलेर अभिव्यक्त गरिहाल्दैनन् । 

पुरुषको बाहिरी र भित्री जनेन्द्रिय भने बाहिरै हुन्छन् । त्यसैले पुरुष यौन क्रिडा, यौन सम्पर्क तथा यौनका मामलामा महिलाका तुलनामा खुला हुन्छन् । यौनका मामलामा पनि पुरुषको जनेन्द्रियजस्तै पुरुष मस्तिष्कले काम गर्छ भने महिलाको बाहिरी तथा भित्री जनेन्द्रिय जस्तै महिला मस्तिष्कले काम गर्छ ।

बेमेलको जोखिम

जोडीमध्ये एक पाको र अर्को जवान हुँदा यौन सुन्तुष्टि नहुने र पाको व्यक्तिमा यौन इच्छा तथा चाहना नहुने हुँदा जोडीबीच बेमेलको अवस्था आउन सक्छ । तर विभिन्न कारण परिस्थिति र बाध्यताले नमिल्दो उमेरका जोडी समाजमा छन् । 

अत्यधिक रुपमा बेमेल तथा यौन जोडीबीचको खटपटले सम्बन्ध तोडिने जोखिम त्यतिकै हुन्छ । त्यसैले उमेर समूह धेरै फरक भएको जोडीसँग  विवाह गर्नु शारीरिक, मानसिक तथा सामाजिक रुपमा पनि उपयुक्त हैन । धेरै फरक उमेर समूहमा विवाह भैहाले पनि एक आपसमा आत्मसन्तुष्टि लिएर जीवनलाई सहज भने बनाउनु पर्छ । 

प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment