‘मिस लिम्बू’ भदौमा

आइतबार, १६ साउन २०७३, ११ : ०६ शुक्रवार , Kathmandu
‘मिस लिम्बू’  भदौमा

लिम्बू समुदायका युवतीबीच हुने सौन्दर्य प्रतियोगिता बराह ज्वेलरी मिस लिम्बूको चौथो संस्करण भदौमा हुने भएको छ ।
गत वर्षभन्दा ढिलो भएको मिस लिम्बूको अडिसन साउन २२ गते धरान र साउन ३१ गते काठमाडौँमा हुने आयोजकले जनाएको छ । अडिसनबाट छानिएका लिम्बू युवतीहरूलाई करिब एक महिनाको भाषा, संस्कार, संस्कृतिको प्रशिक्षणपछि भदौ अन्तिम साता फाइनल प्रतिस्पर्धामा उतारिने आयोजक याक्थुङ युथ एसोसिएसनकी उपाध्यक्ष मीना सिंगकले बताइन् ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ताज, फस्ट रनरअपले २५ हजार, सेकेन्ड रनरअपले १५ हजार तथा विभिन्न उपहार पाउनेछन् । त्यसै गरी जातिय टाइटल मिस युमा विजेतालाई २० हजार नगदसहित उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave A Comment