मिलन चाम्सको फण्डा

शुक्रबार, ०३ जेठ २०७६, ०८ : २३ शुक्रवार
मिलन चाम्सको फण्डा

तानतुन गरेर फिल्म बनाउनु मिलन चाम्सको पहिचानै भइसक्यो । फिल्म झुर भयो भनेर लेख्न पनि डरमर्दो । सिधै भनिदिन्छन्, ‘मेरो फिल्मबारे नराम्रो लेखिदिनुभयो भने त म सुसाइड गर्छु, श्राप दिन्छु ।’
जति तर्साए पनि झुरलाई कसरी राम्रो भन्नु हौ ? झुर उत्पादन झुरै भनेर आयो । उनले सञ्चारकर्मीलाई श्राप दिए कि दिएनन् उनी नै जानून् । 

पछिल्लो समय फेरि के भयो कुन्नी उनलाई फेसबुकमै ठोकिदिए, ‘वीर विक्रम २’ मेरो अन्तिम फिल्म ।’ तर उनको यो भनाइ पनि लामो समय टिकेन । फेसबुकमा गरेको यो स्टाटस पनि डिलेटी हाले । तर स्टाटस पढ्न भ्याएका जतिले चाम्सले फिल्म क्षेत्र छाड्न लागेको अड्कल लगाए । सन्देश पनि त्यस्तै त थियो ! तर केही समयपछि नै उनले आफूले निर्देशन गरेको ‘ब्लाइन्ड रक्स’ फिल्मको युट्युब लिंक हाल्दै भने, ‘आगामी दिनमा मेरो कर्मप्रति हौसला मिलेको छ ।’ यसले उनी अझै फिल्म क्षेत्रमै रहने संकेत गरेको छ । पहिलो स्टाटस फिल्म चलाउने फण्डा हो या आवेग या पक्का निर्णय खुलेन । तर यत्ति चै खुल्यो ‘मिलन साह्रै अस्थिर छन् ।’
 

Leave A Comment