अनुप बने डिएसपी

बिहिबार, ०९ जेठ २०७६, ०८ : ०५ शुक्रवार
अनुप बने डिएसपी

अनुप बिक्रम शाही, सन्दिपा लिम्बु र अनुपा भट्टराईको अभिनय रहेको फिल्म ’कप्स’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्मको २ वटा पोस्टर सार्वजनिक भएको हो । 
निर्माण टिमका अनुसार फिल्म एक्शन र लभस्टोरी कथामा आधारित छ ।

सो फिल्ममा अभिनेता शाही डिएसपीको भुमिकामा देखिएका छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् भने लेखन समेत उनैको हो ।

फिल्ममा शाहीसँगै सन्दिपा , अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा,  अनुपमा भण्डारी,  रोशन सुवेदी लगायतका कलाकारको अभिनय छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा राम शाक्यले निर्माण गरेका हुन् । 
 

Leave A Comment