हेमा र सन्नी सांसद भए, शत्रुघन र उर्मिला पराजीत ।

शुक्रबार, १० जेठ २०७६, ०४ : १२ शुक्रवार
हेमा र सन्नी सांसद भए, शत्रुघन र उर्मिला पराजीत ।

यस पटकको भारतको लोकसभा निर्वाचन धमेन्द्रका लागि बढो रोचक बन्यो । उनको घरमा अब एक हैन २–२ सांसद भए । उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले सहजै लोकसभा चुनाव जितिन् । 

पन्जावको गुरुदासपुर क्षेत्रबाट भाजपाका उम्मेदवार अभिनेता सनी देवल समेत निर्वाचित भए । हेम उनको श्रीमती हुन् भने सनी छोरा । 

यी आमा छोरा मात्रै हैन, भारतमा नरेन्द्र मोदीको लहरले नपत्याएका धेरै कलाकार सांसद हुन सफल भए । भोजपुरी अभिनेता रवि किशन गोरखपुर क्षेत्रबाट निर्वाचित भए । 

गायक हंसराज हंस भाजपाको टिकटमा दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट निर्वाचित भए । भोजपुरी अभिनेता मनोज तिवारी भाजपाको टिकटबाट उत्तरपूर्वी दिल्ली क्षेत्रको सांसद भए । उनले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका हुन् ।

गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भए । 

जो सफल भएनन्
चुनावको केही समयअघि कांग्रेस आइ प्रवेश गरेर निर्वाचनमा होमिएकी अभिनेत्री उर्मिला मातोंडकरको प्रयास सफल भएन । उनी मुम्बईबाट उम्मेदवार बनेका थिए । भाजपा छाडेर कांग्रेस गएका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भए । उनको श्रीमती पुनम समेत लखनउमा समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन् तर पराजीत भइन् ।

समाजवादी पार्टीबाट उम्मेदवार बनेकी अभिनेत्री जया प्रदा  पराजित भइन । 

बिजेपीको यत्रो लहरमा पनि भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुवा) विजयी हुन सकेनन् । उनी समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भए । कांग्रेस उम्मेदवार नायक राज बब्बर पनि पराजीत भए । 

कर्नाटकबाट स्वतन्त्र उम्मेदवार बनेका खलनायक प्रकाश राज पराजीत भए । नायीका मुनमुन सेन पनि सांसद बन्न सकिनन् यसपाली ।

Leave A Comment