‘गर्मीमा धेरै रिस उठ्छ’

शुक्रबार, १७ जेठ २०७६, ०५ : १४ शुक्रवार
‘गर्मीमा धेरै रिस उठ्छ’

प्रियंका कार्की

अभिनेत्री

गर्मी महिना कस्तो लाग्छ ?

मलाई त खास गर्मी भन्दा पनि जाडो महिना मनपर्छ ।

मन नपर्नुको कारण ?

गर्मी भन्दा जाडो धान्न सजिलो हुन्छ नि ! समरमा गर्मी धेरै हुन्छ । रिस उठ्छ । फ्यान चलाए पनि गर्मी भइरहेको हुन्छ । जाडोमा त सिरक ओड्यो, हिटर बाल्यो न्यानो हुन्छ । कुल हुनु भन्दा न्यानो हुन सजिलो लाग्छ !

जाडोमा मेकअपहरु पनि बिग्रँदैन । एकदम धेरै पसिना आउने, कपाल बिग्रने पनि हुँदैन । त्यसैले म त जाडो महिना नै रुचाउँछु ।

भनेपछि गर्मी सहनै गाह्रो ?

गाह्रो त हुन्न । मानिसको शरीरले जे पनि सहन सक्छ । हामी भनेको त्यस्तो बलियो जीवित प्राणी हौं तर तपाईंले जाडो र गर्मी रोज्न दिनु भयो भने म  जाडो रोज्छु ।

पेशागत हिसाबले गर्मी कि जाडो ठीक ?

मेरो प्रोफेसनलाई पनि जाडो नै ठीक । जाडोमा स्टाइल गरेको कपाल बिग्रँदैन । गर्मीमा त फाउन्डेसन टल्किन्छ । ‘लिक्विड’ हुन्छ नि त फाउन्डेसन । गर्मीमा त्यसले मेकअप धेरै देखाउँछ । टचअप गरिरहनुपर्छ । त्यहीँ माथि लुगाका कारण चिटचिट पसिना आउँछ, लुगा पसिनाले नै भिज्छ । गर्मी महिनाको अर्को समस्या कतिखेर पानी पर्दिन्छ, थाहै हुँदैन । यो सबै हेर्दा सुटिङका लागि त जाडो नै ठीक ।

गर्मीमा कस्तो कपडा लगाउन रुचाउनु हुन्छ ?

यस्तो उस्तो भन्ने छैन । आफूलाई सहज हुने कपडा लगाउने हो । ट्रेन्ड पनि बुझ्नुप¥यो । बजार पनि हेर्नुप¥यो । अन्तर्राष्ट्रिय फेसनलाई ध्यानमा राख्नु प¥यो । ती सबैका बीच पनि आफ्नो सहजताले महŒव राख्छ । कुनै बेला सिम्पल टिसर्ट र जिन्स लगाएर हिँड्न मनपर्छ । कहिलेकाहीँ अलिकति स्पोर्टी लुक्समा हिँड्छु । गर्मीमा त्यस्तै सर्ट्स, पाइन्ट, टपहरु लगाउँछु । यी लुगाले शितलता पनि दिन्छ ।

गर्मीमा के गर्न मनपर्छ ?

म वाटर बेबी हुँ । मलाई सबैभन्दा मन पर्ने भनेकै, स्विमिङ हो । गर्मीमा मज्जाले स्विमिङ गर्न पाइन्छ । जहाँ पुगे पनि पहिला मेरो आँखा स्विमिङ पूलमा जान्छ । 

घुमघाम गरिन्न ?

हाम्रो प्रोफेसनमा त कामले जता लग्यो त्यतै पुग्ने हो । कामले नै घुम्ने अवसर जुटाउँछ । अब, जाडो÷गर्मी भन्नै पाइँदैन । घुम्ने विषयमा गर्मी र जाडोले फरक पार्छ जस्तो मलाई लाग्दैन । आफू कोसँग जान लागेको,  समय मिल्नु प¥यो । विशेष त बिदा हुनुपर्‍यो ।

तपाईंलाई त गर्मीमा जाडो खुब मिस हुँदो हो ?

हो नि ! विशेषगरी, दशैंदेखि फागुनसम्मको मौसम मलाई एकदम मनपर्छ किनभने त्यो समयमा जाडो पनि हुन्छ । न्यानो हुन गाह्रो पनि हुन्न ।

प्रस्तुति : रीना मोक्तान

Leave A Comment