भारतीय गायिका कक्कडको कन्सर्टमा लफडा, तीन आयोजक पक्राउ

आइतबार, २६ जेठ २०७६, ०५ : ४४ रीना माेक्तान
भारतीय गायिका कक्कडको कन्सर्टमा लफडा, तीन आयोजक पक्राउ

शनिवार साँझ ठमेलको लर्ड अफ दि ड्रिंक्स (एलओडी) नाइट क्लबमा आयोजित भारतीय गायिका नेहा कक्कडको लाइभ कन्सर्ट विवादमा तानिएको छ ।  

क्षमताभन्दा बढी टिकट बेच्दा टिकट काटेका दर्शक पनि भित्र छिर्न पाएनन् । सोही आरोपमा आयोजक पारामाउन्ट इन्टरटेन्टमेन्टका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोडल दिपक घिमिरे, भूपिन कुँवर र रविन श्रेष्ठलाई महानगरिय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार क्षमताभन्दा बढी टिकट बेचेर व्यवस्थापन लथालिङ्ग पारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । 

‘उहाँहरुले क्षमताभन्दा दोब्बर टिकट बेच्नुभयो । भित्र सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे भएपछि टिकट भएका दर्शकले पनि कार्यक्रम हेर्न नपाएको उजुरीका आधारमा नियन्त्रणमा लिएका हौंँ,’  डिएसपी बोगटीले भने । 
कन्सर्ट हेर्न नपाएका धेरै दर्शकले टिकटको रकम फिर्ता गर्न माग गरेका छन् । आयोजकले पाँच र तीन हजार पाँच सयको टिकट विक्री गरेका थिए । 

Leave A Comment