तैमुरको मस्ती

आइतबार, २६ जेठ २०७६, ०७ : ४७ शुक्रवार
तैमुरको मस्ती

स्टारका सन्तानलाई क्या मज्जा ! जन्मदै स्टार ! त्यसमा पनि बाबुआमा दुवै स्टार भएपछि त के चाहियो ? तैमुर अली खानलाई नै हेरौँ न !

आफ्नी आमा करिना कपुर र बाबु सैफ अली खान बलिउड फिल्मनगरीका स्टार हुन् भनेर बुझ्ने उमेर उनको पुगिसकेको छैन तर उनी जता पुगे, प्याट्ट तस्बिर भाइरल भइहाल्छ मिडियामा । 

अहिले तैमुर लन्डनमा छन्, आमाबाबुसँग । करिनाले उनलाई काखमा बोकेको फोटो भने भारतमा भाइरल भइरहेको छ । करिना र सैफका फ्यानले यो तस्बिर खुब रुचाइरहेका छन् । लन्डनमा तैमुर कहिले करिनाको काखमा मस्ती गरिरहेको देखिन्छन् त कहिले बाबु सैफको काँधमा ।
 

Leave A Comment