मौनीको नखरा

आइतबार, २६ जेठ २०७६, ०७ : ५३ शुक्रवार
मौनीको नखरा

भारतीय टेलिसिरियल हुँदै ठूलो पर्दामा पुगेकी मौनी रायले नागिनको भूमिकाबाट जसरी दर्शकको मनमा छाप छाड्न सफल भएकी थिइन्, त्यस्तो सफलता ठूलो पर्दाबाट पाइसकेकी छैनन् । उनले डेब्यु नै गोल्डेन ब्वाई अक्षय कुमारको फिल्म ‘गोल्ड’बाट गरेकी थिइन् ।

दोस्रो फिल्म जोन अब्राहमको अपोजिटमा ‘रोमियो अकबर वाल्टर’मा देखिएकी थिइन् । लक गजबको उनको ! तेस्रो फिल्म उनले नवाजुद्दिन सिद्धिकीजस्तो खारिएको एक्टर लिड रोलमा रहेको ‘बोले चुडिया’मा खेल्न पाउने भएकी छन् । एकपछि अर्को खारिएका एक्टरसँग अभिनय गर्ने मौका पाएर उनको दिमाग तातेछ नमज्जाले । जसको परिणाम उनी फिल्मबाट निकालिइन् ।

फिल्मबाट निकाल्नुको कारण देखियो गैर व्यावसायिक व्यवहार । यस्तै ताल देखाउने धेरै एक्टर फिल्म नगरीबाट पलायन हुन बाध्य भएका घटनाबारे सायद मौनी जानकार छैनन् जस्तो छ । नसुध्रिए उनको फ्युचर अहिले नै फ्लप देखिन्छ ।
 

Leave A Comment