छोरीसँगै एन्जेलिना

आइतबार, २६ जेठ २०७६, ०७ : ५५ शुक्रवार
छोरीसँगै एन्जेलिना

एन्जेलिना जोली धेरै भयो सार्वजनिक कार्यक्रममा नदेखिएकी । उनी प्रायः बाहिरै घुमफिरमा व्यस्त थिइन् । यो साता भने उनी परिवारसहित लस एन्जल्समा देखिइन् ।

मेक्सिकोबाट फर्किएलगत्तै उनी तीन जना छोरी बोकेर सपिङमा निस्किएकी थिइन् । उनी लस एन्जल्सको चर्चित सपिङ एरियामा छोरीहरुसहित देखिएपछि सञ्चारकर्मी त्यतै झुम्मिहाले । उनी छोरीहरुसँग ब्ल्याक लङ कोट र ब्ल्याक टाइट टि सर्टमा देखिएकी थिइन् ।

उनले चाहे सहजै अनलाइन सपिङ गर्न सकिहाल्थिन् तर सडकमै निस्किनुको अर्थ उनी आफू नहराएको सन्देस दिने प्रयासमा हो कि भन्ने अनुमानकर्ताहरुको ओइरो लागिहाल्यो ।
 

Leave A Comment