ब्वाइफ्रेन्डविनै नम्रताले मनाइन् जन्मदिन

शुक्रबार, ३१ जेठ २०७६, ०२ : ४० रीना माेक्तान
ब्वाइफ्रेन्डविनै नम्रताले मनाइन् जन्मदिन

अभिनेत्री नम्रता श्रेष्ठ जेठ ३२ मा ३३ टेकिन् । ३२ वर्ष सुखद रूपमा पार गरेकाे उपलक्ष्यमा शुक्रबार ज्ञानेश्वरमा  आफ्नै नयाँ एटिक लाउन्जमा जन्मदिन मनाइन् । जन्मदिनमा एक, दुइ हैन पाँच–पाँच वटा केक काटिन् उनले ।

नम्रताकाे जन्मदिन सेलिब्रेट गर्न कार्यक्रममा अभिनेता रेमन दास श्रेष्ठ, प्रमोद अग्रहरी र अनुप बिक्रम शाही लगायत सहभागी भए । त्यहाँ नम्रतालाई जन्मदिनको शुभकामना दिनेको भीड थियो । सेतो लङ स्लिभ कोटमा नम्रता बोल्ड देखिन्थिन् । 

तर कार्यक्रममा नम्रताको ब्वाइफ्रेन्ड दावा स्टेभन शेर्पा भने देखिएनन्। सँधै नम्रतासँगै कार्यक्रममा देखिन्थे उनी । यी दुबैकाे  रिलेसनमा खटपट भएकाे कुनै सूचना बाहिरिएकाे छैन । उनी मिडिया भनेपछि अली लजाउँछन् । सायद जन्मदिनमा नदेखिनुकाे कारणा मिडिया नै पाे थियाे की ! 

जन्मदिनसँगै रिलिजको तयारीमा रहेको फिल्म ‘जाइरा’को पोस्टर समेत रिलिज गरियाे । कार्यक्रमबारे जानकारीदिँदा नै पाेस्टर लञ्च र नम्रताकाे जन्मदिन भनेर बाेलाइएकाे थियाे । 

सानाे संसारबाट डेब्यु गरेकी उनले हालसम्म करिव एक दर्जनजति फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले हालै अभिनय गरेकाे प्रसाद फिल्ममा उनकाे अभिनयकाे धेरैले तारिफ गरेका थिए । 

नम्रतालाई जन्मदिनको शुभकामना ।

तस्बिर : कृष्पा श्रेष्ठ 

Leave A Comment