सप्तरंगमा राजेश, सुगमदेखि मेलिनासम्म

बिहिबार, १२ असार २०७६, ०५ : ०५ शुक्रवार
सप्तरंगमा राजेश, सुगमदेखि मेलिनासम्म

गृष्मा इन्टरटेन्मेन्टले सप्तरंगको दोस्रो सिजनका लागि सात कलाकारको चयन गरेको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले सप्तरंगको दोस्रो सिजन पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियान बनाएको छ ।

आयोजक गृहेन्द्र घिमिरेका अनुसार दोस्रो सिजनमा सम्झौता भएका सबै कलाकार नयाँ छन् । दोस्रो सिजनका लागि राजेश हमाल, मेलिना राई, सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड र जितु नेपालसँग सम्झौता भइसकेको छ । पहिलो सिजनमा प्रमोद खरेल, इन्दिरा जोशीलगायतका सात कलाकार अनुबन्ध भएका थिए । 

Leave A Comment