एसइइमा नायीका करिष्माकाे बि प्लस

बिहिबार, १२ असार २०७६, ०५ : १९ शुक्रवार
एसइइमा नायीका करिष्माकाे बि प्लस

बिहीबार सार्वजनिक भएकाे एसइइ परीक्षामा नायीका करिश्मा मानन्धरले बि प्लस ल्याएकी छिन् । जिपिए ३ ल्याएर उनी एसइइ परिक्षा उतिर्ण भएकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी  सहभागी भएका थिए । ७ कक्षा पढेर छाडेकी उनी तत्कालीन नयाँ शक्तीबाट राजनीतिमा लागेपछि ४० कटेपछि पून पढ्न थालेकी थिइन् । उनी मैतिदेवीस्थित त्रिवेणी स्कुल भर्ना भएकी हुन् । 

याे पाली एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

Leave A Comment