‘प्रेम गीत ३’मा जोडिए शिव र सुनील

शनिबार, १४ असार २०७६, ०१ : १७ शुक्रवार
‘प्रेम गीत ३’मा जोडिए शिव र सुनील

हिरोइन छनोटको क्रममा रहेको फिल्म ‘प्रेमगीत–३’मा दुई वरिष्ठ अभिनेता शिव श्रेष्ठ र सुनील थापासमेत देखिने भएका छन्। केही दिनअघि नवनायक मनिष राउतलाई प्रमुख कलाकारका रुपमा सार्वजनिक गरेको फिल्म निर्माण टिमले उनीहरुसँग मंगलबार कागजी सम्झौता गरेको जनाएको छ।

‘एक्सन किङ’का रुपमा चिनिएका शिवलाई चलचित्रमा हिरोको बुबाको भूमिका र सुनीललाई अर्को सशक्त भूमिकामा देख्न सकिने बताइएको छ।

यो फिल्ममा प्रमुख अभिनेत्री भने अहिलेसम्म फाइनल गरिएको छैन। फिल्मको ‘गीत’ पात्र अडिसनमार्फत् छान्ने काम भैरहेको छ। फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन्।

 

Leave A Comment