साम्राज्ञीको गफै ठूलो

शनिबार, १४ असार २०७६, ०१ : २७ शुक्रवार
साम्राज्ञीको गफै ठूलो

आफूलाई अहिलेकै सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री ठाने पनि साम्राज्ञी आरएल शाहको अभियन क्षमता कतै छिपेको छैन। उनले अभिनय गरेका एकपछि अर्को फिल्मको हालत धोबी पछाड भइरहेका छन्। तै पनि उनको गफ दिने बानी भने अझै उस्तै छ।

आफ्नै ताल त्यस्तो छ तै पनि उनी नयाँ हिरोलाई अभिनय सिकाउन मन पर्छ भन्न छाडेकी छैनन्। उनको दाबी पत्याउने हो भने नयाँ हिरोले अभिनयमा भाका ल्याउन सक्दैनन् रे अनि उनी भाका मिलाइदिन्छिन् रे !

हरे आफू त महादेव उत्तानो पर कसले देला वर भनेझैँ साम्राज्ञीकै अभिनयको ताल मिलिसकेको छैन, अब उनले अभिनयको ताल सिकाएका नयाँ कलाकारको हालत कस्तो होला !

Leave A Comment