सञ्चिताको चुम्बक

शनिबार, १४ असार २०७६, ०१ : ३९ शुक्रवार
सञ्चिताको चुम्बक

एक्सन अभिनेता निखिल उप्रेतीसँग बिहे गरेपछि अभिनेत्री सञ्चिता लुइँटेल अभिनयमा कमब्याक हुन सकिनन्। प्रयास भने नगरेकी हैनन्, तर खै लकले हो या अभिनयले हो, उनलाई साथ दिएन।

पछिल्लो समय फिल्म ‘राधा’ र ‘गुनगुन’बाट कमब्याक हुन चाहिन् तर दुवै फ्लप भइदियो। उनी मात्र होइन, सञ्चितासँग दोस्रो विवाहपछि निखिलको हालत पनि उस्तै नै छ। उनले पनि सफलता चाख्न नपाएको धेरै भइसक्यो। धन्न निखिलको हातमा फिल्म भने छुटिसकेको छैन तर विचरी सञ्चिता भने बेरोजगार जस्तै छिन्। बेरोजगारीको उपयोग उनले सामाजिक सञ्जालमा गरिरहेकी छन्।

हिजोआज सामाजिक सञ्जालमा खुबै स्टाटस आउँछन्, उनका। हालै निखिलसँगको तस्वीर फेसबुकमा राख्दै लेखिन्, ‘मायाले आकर्षित गर्दा तिमीले गुरुत्वाकर्षणलाई दोष लगाउन पाउँदैनौं!’

ठीकै हो, दर्शकलाई मायाको चुम्बकले हलसम्म तान्न नसके पनि निखिललाई त तानेकी नै छिन्  यति भए कति चाहियो त?
 

Leave A Comment