३५ हजार आइसी टिप्स पाउँदा दंग

मङ्गलबार, १७ असार २०७६, ११ : २१ शुक्रवार
३५  हजार आइसी टिप्स पाउँदा दंग हास्य कलाकार शेरबहादुर गुरुङ।

हास्य कलाकार शेरबहादुर गुरुङले दर्जनाैं टेलिसिरियल र  गोर्खा पल्टन, परदेशीलगायत  दर्जनौ सफल फिल्ममा अभिनय गरिसकेका छन्। उनको कलायात्राको प्रारम्भ भने डान्स रेष्टुरेन्टबाट भएको थियो। उनले भोला अधिकारीसँग साटेको नाइट लाइफ अनुभव :

हरिवंश आचार्यहरुको सिरियल हेर्दै क्यारिकेचर गर्थेँ। सिडी भिसिडीहरु  किनेर ल्याएर, ब्लाकेन ह्वाइट टिभीमै सिरियल हेरेर भए पनि कलाकार हरिवंशजस्तै बन्न मन लाग्यो। कलाकार बन्ने सपना लिएर काठमाडौं हान्निएँ।

२०५८ मा  काठमाडाैं आएँ। काठमाडौं आएपछि कताबाट कलाकार भेट्नु। काठमाडाैंमा टिक्न  आर्टमा जागिर पाएँ। यो जमलमा थियो। त्यहाँ कल्चर खोलेकाहरु स्ट्याम्प बनाउन आउँथे। जमलको छेउछाउमा मान्छेहरु नाचेको देख्थेँ। कोही दिनभरि नाचेको देख्दा मलाई पनि नाचुम् नाचुम् लाग्न थाल्यो।

हरेक समय उनी आएपछि त्यो गीतमा नाच्न लगाउँथे। एकपटक उनले यही गीत अफर गरे र म नाचिदिएँ। नाचेपछि उनले टिप्स नै २५ हजार आइसी दिए। खुसीले रातभर निद्रा लागेन।

स्ट्याम्प बनाउन आएका मान्छेलाई नाच्ने ठाउँ कता छ भनेर सोधेँ। उनीहरुले राति डान्स रेष्टुरेन्टमा काम गर्छौ भने। आहा ! म पनि त नाच्ने मान्छे ? म पनि  नाच्न सक्छु नि त भनेर उनीहरुलाई नाच्ने ठाउँमा काम मिलाइदिन भने।

कमलादी प्रज्ञा भवनपछाडि रहेको वासुलिङ्ग डान्सबारमा पठाइदिए। मैले काम पाएँ। यहीँबाट मेरो रात्रिकालीन जीवनको सुरुवात भयो।

जहाँ धेरै त्यतै बसाइ सरें
वासुलिङ्गमा तीन महिना काम गरेपछि व्यवहार खासै मन पर्न छोड्यो। अलिक हेपेर बोलेजस्तो लाग्ने। अर्को डान्सबारको साहु हाम्रो डान्सबारमा आएका थिए। मेरो डान्स मन परेछ। मलाई छेउमा बोलाएर सोधे– तलब कति छ?

पच्चिस सय भनेँ। डबल दिन्छु भनेपछि पुतलीसडकमा रहेको डाइमण्ड रेष्टुरेन्टमा सरें। डाइमण्ड पुगेपछि कलाकारहरु पनि भेट्न पाएँ। त्यहाँ चार वर्ष काम गरें।

त्यहाँ विजय विक्रमसँग भेट भयो। उनले निर्देशक सविन बास्तोलासँग भेट गराइदिए। बास्तोलाको निर्देशनमा नेपाल टेलिभिजनमा  ‘थोरै भए पुगी सरी’  सिरियलमा आउँथ्यो। यही बेला एउटा क्यारेक्टर गरेको थिएँ। भोला नामले परिचित भएँ।

३५ हजार आइसी टिप्स
वासुलिङ्गमा टिप्स त खासै थिएन। आफूले सोचेअनुसारको काम गर्न पनि पाइनँ। यता डाइमण्डमा आएपछि सबैको अगाडि चिरपरिचित भइसकेको थिएँ। टिप्स राम्रै झथ्र्यो। तलबको त के कुरा भयो र चार हजार त थियो। तलबभन्दा टिप्स धेरै हुने।

म धेरै जसो नाच्ने गीत कमेडी नै थियो। एकजना पाकिस्तान नागरिक हाम्रो रेस्टुरेन्टमा आइरहन्थे  र ‘मुचको पिना हे, पिने दो’ बोलको हिन्दी गीत खुब मन पराउने गर्थे।

हरेक समय उनी आएपछि त्यो गीतमा नाच्न लगाउँथे। एकपटक उनले यही गीत अफर गरे र म नाचिदिएँ। नाचेपछि उनले टिप्स नै २५ हजार आइसी दिए। खुसीले रातभर निद्रा लागेन।

डान्सबार सँगसँगै सिरियलमा
डान्सबारमा राम्रै कमाइ भइरहेको थियो। थोरै पैसा भए पनि काठमाडौंमा टिक्न सिकाएको थियो। जसकारण म परिचित भइरहेको थिएँ।

‘थोरै भए पुगी सरी’ पछि लय संग्रौला सरले ‘जीवनचक्र’ सिरियल बनाउन लाग्नुभएको थियो। जसमा मैले ५२ भागसम्म खेल्ने मौका पाएँ। त्यसको प्रभावले गाउँमा जाँदा मलाई शेरबहादुर  भन्दा पनि भोला भनेर चिन्थे।

Leave A Comment