कामुक ज्योति

मङ्गलबार, १७ असार २०७६, १२ : ५१ शुक्रवार
कामुक ज्योति

गला भन्दा गलामुनिको कलाले चर्चामा आइरहने गायिका ज्योति मगर बेलाबखत सामाजिक सञ्जालमा खुबै नौटंकी गर्छिन्। गायनले मात्र होइन, कामुक पहिरनका कारण पनि चर्चामा आउने गर्छिन्। आधा छाती देखाउनु अनि स्टेजमा प्रस्तुत हुनु ज्योतिको लागि सामान्य नै भइसक्यो। उनी छोटा पहिरनको तस्वीरलाई सामाजिक सञ्जालमा पोस्ट पनि गरिरहन्छिन्।

आखिर स्टेजमा उनको आधा छाती नदेखेका दर्शकले त फेसबुकतिर यता हेर्न पाउँछन्, ज्योतिलाई। हालै उनले झट्का दिने एक तस्वीर फेसबुकमा पोस्ट गरेकी छन्। तस्वीरमा उनको आधा छाती देखिएको छ। क्याप्सनमा आफ्नो शरीरको तारिफ गर्दै लेखेकी छन्, ‘मेरो खराब सोचाइ छैन। मसँग सेक्सी कल्पनाशक्ति र सुन्दर शरीर छ।’

उनले यति मात्र लेखिनन्, तल नोट पनि थपिन्, ‘कृपया भद्दा कमेन्ट गरेर साइबर क्राइमको कार्बाहीमा नपर्नुहोला।’ तस्वीर चाहिँ कामुक राखेर त्यस्तै उत्तेजक कमेन्ट गर्न बाध्य पार्ने अनि कमेन्ट गरिस् भने साइबर क्राइम भन्दै तर्साउने?

तर उनको जादू हेर्नुस्, हजारौँले लाइक र कमेन्ट गरिछाडे। अहिलेसम्म उनलाई कमेन्ट गरिएकै कारणले साइबर क्राइमको खबर लेख्नु परेको भने छैन। वाह ज्योति, क्या काइदा छ !
 

Leave A Comment