भुवनको नयाँ अवतार

मङ्गलबार, १७ असार २०७६, १२ : ५९ शुक्रवार
भुवनको नयाँ अवतार

अभिनेता भुवन केसीको नयाँ अवतार निकै अनौठो छ। फिल्म ‘मिस्टर बाबु’को नयाँ अवतारमा उनी ६० कटेका जवान वृद्धझैँ देखिएका छन्। नयाँ अवतारमा मोटो जुङ्गासहित उनले धोती पहिरेका छन्। यसको अर्थ उनी पक्कै पनि तराई–मधेशको कुनै पात्रमा देखिदैछन्।

जे होस्, भुवनलाई नयाँ अवतारले ठ्याक्कै सुहाएको छ। अबको पाँच वर्षपछिका भुवन कस्तो देखिएलान् भनेर तपाईंले कुनै कल्पना गर्नु पर्दैन, यही तस्बिरले बताइहाल्छ।त्यसो त आजभन्दा करिब ३० वर्ष पहिले ‘सम्झना’ फिल्ममा पनि उनी वृद्ध बनेका थिए। त्यसमा उनी जति वृद्ध देखिएका थिए, अहिलेसम्म देखिएका छैनन्। अर्थात्, उनले उमेरलाई नै ढाँट्न सफल भएका छन्।

अहिले फिल्म उद्योगमा उनको यो तस्वीर हेरेर कति वर्षपछि भुवन यति वृद्ध देखिएलान् भनेर कल्पना मात्र गर्न सकिन्छ, ठोकेरै भन्न सकिन्न। उमेरलाई धोका दिने उनी जत्तिको ‘बाबु’ त यो फिल्म उद्योगमै छैन होला !

Leave A Comment