बाउ बन्ने डर !

मङ्गलबार, १७ असार २०७६, ०१ : १५ शुक्रवार
बाउ बन्ने डर !

निर्माता सन्तोष सेनलाई महानायक राजेश हमालले धोका दिएका छन्। ‘प्रेमगीत ३’मा मुख्य नायकको भूमिकामा राजेश देखिन पहिल्यै हल्ला चलेको थियो। अब फिल्म छायाँकनको तयारीमा रहँदा राजेशले सेड्युल नमिलेको बताउँदै फिल्मबाट हात झिकेका छन्।

अब, राजेशले सेड्युलकै कारण हुन् या त प्रदीप खड्काको बुबाको रोल चित्त नबुझेर फिल्म छोडे, त्यो त महानायक राजेशलाई नै थाहा होला। यता मुख्य हिरोइनको अडिसनमा व्यस्त निर्माता सन्तोष सेनले गुनासो पोखेका छन्, ‘अहिले आएर फिल्म खेल्दिन भन्नुभयो। यसलाई धोका भन्न सकिन्छ। सेड्युल नमिल्ने कुरा पहिल्यै नै थाहा हुन्छ।’

पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ले बक्स अफिसमा पानी भन्न नपाएपछि महानायक राजेश स्क्रिप्ट छनोटमा विशेष ध्यान पु¥याउन थालेका थिए। के ‘प्रेमगीत ३’को स्क्रिप्ट महानायकलाई मन नपरेकै हो त ? कि उनलाई बाउ बन्नै डर लागेको हो ?

Leave A Comment