नम्रताको ब्रेकअप?

मङ्गलबार, १७ असार २०७६, ०१ : ३३ शुक्रवार
नम्रताको ब्रेकअप?

व्यवसायी दावा स्टिफन शेर्पा र नायिका नम्रता श्रेष्ठको सम्बन्ध ओपन सेक्रेट जस्तै हो। ओपन यस कारण कि दुवै सार्वजनिक कार्यक्रममा राम्रैसँग घुलमिल हुन्छन्। एकअर्काको खुबै केयर गर्छन्। सेक्रेट यस कारण कि यी दुवैले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गर्दै भावि जीवन यात्राबारे खुलाइसकेका छैनन्। हिजोसम्म देखिएको दृश्य भने दावा र नम्रता एकअर्कालाई खुब माया गर्छन्।

तर नम्रता ३३ वर्ष टेकेको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा यसपालि दावा नदेखिँदा भने यी दुवैको शुभचिन्तकको मनमा हल्का चिसो पस्यो।

३२ वर्षीय यात्रा सुखद् रूपमा पार गरेर ३३ टेकेको अवसरमा शुक्रबार ज्ञानेश्वरमा  आफ्नै नयाँ एटिक लाउन्जमा नम्रताको जन्मदिनको पार्टी थियो। जन्मदिनमा केक मात्र पाँच वटा काटिएको थियो। नम्रताको जन्मदिन सेलिब्रेट गर्न अभिनेता रेमन दास श्रेष्ठ, प्रमोद अग्रहरि र अनुप विक्रम शाही लगायत सहभागी थिए तर दावा थिएनन्।

यी दुवैको  रिलेसनमा खटपट भएको कुनै सूचना बाहिरिएको पनि छैन। जन्मदिनमा उनीहरु सँगै पनि छैनन्। भनेपछि केही न केही गडबड त पक्कै छ है !

Leave A Comment